मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

प्रधानमन्त्रीसँगको मेरो सम्बन्धलाई लिएर गलत प्रचार भयो : अर्थमन्त्री

Ujyalosandeshonline 11013+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । पिजे क्लबले बबरमहलस्थित आर्ट ग्यालरीमा आयोजना गरेको फोटो  प्रदर्शनीमा अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको भनेर प्रचार भएकोमा आपत्ति जनाएका हुन् ।

उनले भने,‘यसमा सच्चाइको एउटा सानो अंश पनि छैन् । त्यस्तो धन्दामा रमाउने साथीहरुलाई मेरो आग्रह छ–मनको लड्डु घिउसँग खानुहोस् । यो भन्दा थप भन्नु पर्ने केही छैन् । यस्तो खालको अविश्वासनीय समाचारले कसैलाई पनि फाइदा गर्दैन् । ’

उनले आफूहरु सरकारमा आउँदा समस्या र चुनौतीको चाङ रहेको भन्दै   त्यसैलाई पन्छाउने कोशिसमा सरकार रहेको बताए । अर्थतन्त्रको तरलता अहिले सहजताको अवस्थामा ल्याइ अर्थतन्त्रलाई अझ गतिशिल बनाउने दिशामा सरकार रहेको उनको भनाइ छ । 

उनले भने,‘हामी सरकारमा आउँदै गर्दा विरासतमा केही बोझहरु थिए । समस्याको चाङ थियो । त्यसलाई पन्छउँदै जाने काम गरिराखेको छौं । क्रमशः विद्यमान चुनौतीहरुलाई,समस्याहरुलाईविस्तारै– विस्तारै पन्छाउने कोशिस गरिरहेका छौं । हिजो बैंकको ब्याजदर बढि भयो भन्ने गुनासो थियो, सिंगल डिजिटमा झार्न सफल भएका छौं । तरलता सहजताको अवस्थामा छ । हामी उत्पादकत्व वृद्धि ,रोजगारी सृजनालगायतका क्षेत्रमा काम गरिरहेको छौ । अर्थतन्त्रलाई अझ गतिशिलबनाउने दिशामा हामी लागेका छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार