मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


प्रत्यारोपण केन्द्रमा भइरहेको अनियमितता अन्त्यको माग गर्दै प्रशासनमा ज्ञापन

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेथितिविरुद्ध आन्दोलनरत स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गर्दै विहीबार प्रशासन कार्यालयमा ध्यानाकर्षण बुझाएका हुन् ।

विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै अवगत गराउँदै आएको भएपनि हाल मुटु सम्बन्धी उपचार नभरहेको र दैनिक दुईदेखि चारजना नागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदा पनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथि गम्भीर प्रश्न उठेको आन्दोलनकारीको भनाइ छ ।

केन्द्रमा सरकारले मुटुकै उपचारको लागि अर्बौ रकम लगानी गरिसकेको छ । साथै वार्षिक करोडौंको रकम परिचालन भई रहेको अवस्थामा नागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चको लागि मात्र भइरहेको उनीहरुको भनाई छ । 

‘कलेजो प्रत्यारोपण सम्बन्धी उपचारमा पनि अर्बौ रुपैया खर्च भइसक्दा  र सात वर्ष वितिसक्दा पनि शल्यक्रिया गर्नको लागि भारतबाट विज्ञ शल्य चिकित्सकहरुको टोली बोलाई मोटो रकम दिई गर्नुपर्ने बाध्यात्मक स्थितिको सृजना गरिएको छ । यस्ता बेथितिको यथाशक्य अन्त्य गराउनुहुन पनि ध्यानाकर्षण गराउन चाहन्छौ र कतिपय अपरेशन गर्न नपर्ने बिरामीहरुलाई पनि प्रत्यारोपण गर्न लगाउने आर्थिक चलखेलका लागि शल्यक्रिया गर्नपर्ने अवस्थाका जटिल बिरामीहरुलाई पनि यस केन्द्रमा शैल्यक्रिया नगरी भारतका महंगा अस्पतालहरुमा चर्को कमिसन असुल गर्नका लागि पठाउने गरिएको सुनिएको पनि यसैपत्र मार्फत ध्यानाकर्षण गराउन चाहन्छौं,’पत्रको अगाडि भनिएको छ, ‘केन्द्रमा भएका विज्ञ चिकित्सकहरुलाई काम गर्न नदिने महंगा मेसिन उपकरणहरु थन्क्याएर राख्ने अनि स्थायी चिकित्सकहरुलाई विभिन्न कपोकल्पित निराधार आरोप लगाई सेवाबाट हटाउने र जनताले पाउनुपर्ने विशिष्ट विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य उपचार पाउनुपर्ने हकबाट वचित गरी ज्यानै गुमाउनु परेको जस्तो संवेदनशील समस्याहरु भक्तपुर नागरिक सरोकार समाज गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,’पत्रमा भनिएको छ । 

यसअघि स्थानीयले बुधबार स्थानीयबासीले अस्पतालको गेट अगाडि आन्दोलन गरेका थिए । अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका थिए । 

भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनरबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर,सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर ,कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका थिए ।

६० वर्ष उमेरहद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा.पुकारचन्द्र श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।

कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ ।

विशेषगरी अस्पतालका विशेषज्ञ डाक्टरहरुको मनोबल गिरेको, बेथिति भित्रिएको र उपकरणहरु थन्क्याएर विरामीको उपचार प्रभावित भएको भन्दै स्थानीयले आन्दोलन समेत गर्दै आइरहेका छन् ।

६० वर्ष उमेरहद कटेका कार्यकारी निर्देशक श्रेष्ठविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । उमेर हद लम्ब्याउने गरी सरकारले गरेको गठन आदेश संशोधन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो । पछिल्लो पटक तेस्रो कार्यकालका लागि डा श्रेष्ठ २०७८ असोज ६ मा मानवअंग प्रत्यारोपण केन्द्रको निर्देशकमा पुनः नियुक्त भएका थिए ।

तर नियुक्ति र उनका क्रियाकलाप एकाधिकारपूर्ण भएको भन्दै अस्पतालका कर्मचारी मात्र नभइ स्थानीयबासी समेत रुष्ट छन् । स्थानीयले पटक पटक आन्दोलन गर्दै आइरहेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार