मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पौवादुङमाको खुर्सानी खेती : बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’

Ujyalosandeshonline 12437+ समाचार ( )
३ कार्तिक २०८२, सोमबार

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ । यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो ।

गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । यहाँका करिब नौ सय किसान खुर्सानी खेतीमा आवद्ध रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । 

खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञ आउने गरेको किसानको भनाइ छ । हालै सिन्धुली जिल्लाको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारुसहित कृषि शाखाका कर्मचारीले पौवादुङमा पुगेर खुर्सानी खेतीको स्थलगत अध्ययन गर्नुभएको छ ।

थारुले यहाँका किसानको बगानमा पुगेर खेती प्रविधि, आम्दानी, तथा देखिएका चुनौतीका विषयमा जानकारी लिएको बताउनुभयो । “यहाँका किसानले खुर्सानी खेतीबाट राम्रो आम्दानी लिएको देख्यौँ,” थारुले भन्नुभयो, “यहाँ अपनाइएका प्रविधिबारे जानकारी लिएर हाम्रो स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”  

गाउँपालिकाले अकबरे खुर्सानी खेतीमा आवद्ध किसानलाई आवश्यक सहयोग गर्दै आएको छ । गत वर्ष मात्र खुर्सानी बिक्रीबाट रु १८ करोड आम्दानी भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । “खुर्सानी खेती अहिले अध्ययन केन्द्रको रूपमा विकास भइरहेको छ,” अध्यक्ष भन्नुभयो,“हाम्रो गाउँपालिकामा खुर्सानी खेती मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको खुर्सानी खेती हेर्न देशका विभिन्न ठाउँबाट मानिस आउन थालेका छन् । ” 

खुर्सानी खेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब रु ७० लाख बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका स्थानीय किसान ठंगजीत राईले मौसमी तथा बेमौसमी खुर्सानी खेतीबाट वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले ४२ रोपनी जमिनमा करिब ३२ हजार बिरुवा विस्तार गर्नुभएको छ ।   

“एक बोटबाट रु २०० सम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो, “प्राविधिक सहयोग र बजार सहज भएकाले यो खेती फाइदाजनक बनेको छ ।”पौवादुङमामा खुर्सानी खेतीले स्थानीय रोजगारीका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानको भनाइ छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार