मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एमालेसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतको समीक्षा नगर्दा पनि तत्काल एमालेसँग एकताको सम्भावना नदेखिएको बताएका छन् ।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले, विगतको समीक्षा नगर्दा पनि एमालेसँग एकताको सम्भावना नदेखिएको भन्दै छिट्टै अर्को समाजवादी मोर्चाको पुनर्गठन गरेर सहकार्य गरेर जाने बताए ।

‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ, प्रचण्डजीको भूमिका पोजेटिभ छ तपाईंको पनि यस्तै सकारात्मक हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन । हिजोको कुरा पनि बिर्सौं ठिक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन,’ उनले भने, ‘विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने अहिले के देखिएको छ भने सँगै जाऔँ भन्ने प्रस्ताव लिएर अहिले मोर्चा बनाएर अघि जाऔँ भन्ने प्रस्ताव लिएर विभिन्न दलसँग कुरा भइरहेको छ । समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ । उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ । हामी छिट्टै अर्को समाजवादी मोर्चाको पुनर्गठन गरेर सहकार्य गरेर जानेछौँ ।’

उनले मधेश प्रदेशमा पुरानै गठबन्धनमा बस्नुहोस मुख्यमन्त्री लिनुहोस् भनेर प्रस्ताव आएको भन्दै केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने लागेर प्रस्ताव अस्वीकार गरेको बताए । परिस्थितिअनुसार केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको बताउँदै अध्यक्ष नेपालले त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिकालाई सकारात्मक रुपमा लिएको बताए ।

उनले भने,‘मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिनका लागि प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुहोस मुख्यमन्त्री लिनुस् । अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ । केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौँ । त्यसैले हामीले सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौँ । परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ । कमरेड प्रचण्डको भूमिका सकारात्मक रुपमा लिएका छौँ ।’

उनले राजतन्त्र फर्काउनका लागि उफ्रिरेहकाहरुलाई धेरै टाउको नदुखाइ बरू व्यापार गरेर बस्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार