मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् । पार्टीको भातृ संगठन वाइसीएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको बताए । 

वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ । ‘म भ्रष्ट्राचारका फाइल खोल्न लागे’ उनले भने, ‘त्यो अभियान भ्रष्टहरुलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे ।’ आफुलाई शेरा दरबारसँग जोड्ने गरेको त्यसको फाइल खोल्न संसदमा बोल्दै त्यहाँ जोडिएका शेरा दरबारमा म जोडिएको भए फाइल खोल्न चुनौती दिएको बताए । ‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ,’उनले भने, ‘तर उनीहरुले हिम्मत गरेनन् । किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’

जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक भएको पनि प्रचण्डले दोहो¥याए । समाजवादी क्रान्तिका लागि संघर्ष आवश्यक भएको उनका भनाई छ । माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी भएको उनले बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए । 

अध्यक्ष प्रचण्डले अब माओवादीले कांग्रेस–एमालेको वैशाखी नटेक्ने पनि दाबी गरे । आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी बनाउने आफ्नो संकल्प रहेको बताउँदै त्यसका लागि आफू जनतामा फर्किएको उनले उल्लेख गरे । ‘अब हामीले जनयुद्ध र जनआन्दोलनमा जस्तै हामी हाम्रै वर्गमा फर्किनु पर्छ भनेर जननतामा फर्किएको छ ।’ हुलाकी मार्ग केन्द्रित अभियान र पार्टीका प्रदेश तहका कार्यक्रम त्यसैको प्रतिफल भएको प्रचण्डले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार