मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

फागुन २१ को निर्वाचनबाट काँग्रेस पहिलो शक्ति बन्ने उपसभापति शर्माको दाबी

Ujyalosandeshonline 12431+ समाचार ( )
३० माघ २०८२, बिहीबार

भैरहवा । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट काँग्रेस सबैभन्दा ठूलो र पहिलो दलको रूपमा उदाउने दाबी गर्नुभएको छ । रुपन्देहीको भैरहवामा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले देशका विभिन्न स्थानबाट प्राप्त सूचनाले काँग्रेस बहुमतको नजिक रहेको र पुनः देशको नेतृत्व गर्ने दिशातर्फ अग्रसर भएको बताउनुभयो ।

उपसभापति शर्माले यो निर्वाचन केवल जित र हारको विषय मात्र नभई देशमा भएका पछिल्ला हिंसात्मक घटना, ‘जेनजी विद्रोह’, संसद् भवन तथा सिंहदरबारमा भएको आगजनी र जनमानसमा छाएको निराशाको गम्भीर समीक्षा गर्ने अवसर भएको उल्लेख गर्नुभयो । उहाँले नयाँपन उमेरले नभई सोच र दृष्टिकोणले हुने भन्दै काँग्रेस अब नयाँ र परिष्कृत सोचसहित बदलिएर जनतामाझ आएको जिकिर गर्नुभयो ।

सोही कार्यक्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन र विकासका लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको बताउनुभयो । साथै, उम्मेदवार भरत कुमार शाह, लुम्बिनी प्रदेश परिचालन समिति संयोजक राजु खनाल लगायतका नेताहरूले भ्रष्टाचारमुक्त समाज निर्माण, संविधानको रक्षा र जेनजी पुस्ताले उठाएका जायज मागहरूको सम्बोधन गर्न काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार