मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सरकारी पैसा जे गरेपनि हुन्छ भन्ने धारणा गलत छ : मुख्यमन्त्री कडेंल

Ujyalosandeshonline 12431+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् ।मंगलबार मुसिकोटमा आयोजित नेकपा (एमाले)कार्यकर्ता भेलालाई संवोधन गर्दे पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कडेलले भने, ‘सरकारी पैसा हो जे गरेपनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदर्लौ, बदल्न सकिएन भने हाम्रो अवस्था पनि बदलिदैन ।’

योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना र्बैक वा क्रमशः कानून बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै  मुख्यमन्त्री कडेलले  पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफनो नेतृत्वको सरकारले रोक्ने धारणा राखे । सरकारी योजना छनौट गर्दा जनताले राहत महशुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरि योजना छान्ने प्रवृतिलाई आफूले रोक्ने अभियानमा लागेको मुख्यमन्त्री कंडेललेको धारणा थियो । 

परिर्वतित सन्र्दभमा शक्ति र शासन देखाइएर सत्ता टिकाउने जामाना गईसकेको बताउदै मुख्यमन्त्री कडेलले बजेट ल्याईदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझावसमेत दिए । बजेटको कुरा गरेर जनतालाई क्षणिक रुपमा अल्मल्याउन सकिन्छ होला मुख्यमन्त्री कडेलले भने, तर राम्रो नीति र कानून बनाउदा त्यसको लाभ दिर्घकालीन रुपमा सबै नागरिक पाउछन र सरकारप्रति भरोसा बढ्छ । 

सरकारले विनियोजन गरेका बजेटलाई व्यक्ति बिशेषको योजना बनाउने परिपाटीप्रति खवरदारी गर्न पनि मुख्यमन्त्री कडेलले कार्यकर्तालाई आव्हान गरे । योजना र बजेटका लागि पहल जसले पनि गर्न सक्छ पहल गर्नेसबैलाई धन्यवाद दिनुहोस मुख्यमन्त्री कडेलले भने, तर ति योजनाहरु पहल गर्नेका होइनन नागरिकका हुन भनेर तपाईहरुले बुझाउन प्रयत्न गर्नुहोस । 

एक अर्को प्रसङ्गमा मुख्यमन्त्री कडेलले राजनीतिलाई कुनै पेशा वा व्यवसाय नबनाई समाज सेवा गर्ने साधनको रुपमा लिनुपर्ने धारणा राखे । राजनीतिमा लागेर के पाइयो भन्ने वितृष्णा पैदा हुने प्रचलन रहेको तर्फ सकेत गर्दे मुख्यमन्त्री कंडेलले राजनीतिमा निष्ठा, सर्मथन र त्यागसहितको सेवाभाव अझै जरुरी उनको भनाई थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार