मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कतारका राजा आज नेपाल आउँदै, विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने

Ujyalosandeshonline 12441+ समाचार ( )
११ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक नेपालको राजकीय भ्रमण गर्न लागेका हुन् । 

दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर मंगलबार बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिनेछन् । अपरान्ह आइपुग्ने कतारी राजाको स्वागतका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको छ भने उनको सम्मानमा मंगलबार एक दिन सार्वजनिक विदा दिएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्ले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । कतार नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्ये एक हो । यसकारण पनि कतारी अमिरको नेपाल भ्रमणका क्रममा महत्वपूर्ण विषयहरूमा द्विपक्षीय वार्ता र सम्झौताहरूमा हस्ताक्षर हुने जनाइएको छ । 

अमिरसँगै कतार सरकारका मन्त्री र उच्च अधिकारीहरू समेत टोलीमा सम्मिलित छन् । दुई देशबीचको बार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले वार्ता गर्नेछन् । कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गरेका छन् । 

त्यस्तै कतारका अमिर शेख थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि अपरान्ह उनी कता फर्किनेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार