मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पुष्पखेतीमा रमाइरहेकी उद्यमी चौधरी

रासस 460+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

नेपालगञ्ज । बाँकेका महिला पुष्पखेती गर्न उत्साहित देखिएका छन् । सीमित महिला किसानले मात्रै हात हालेको पुष्पखेतीबाट जीविकोपार्जनको आधार निर्माण हुँदै गएपछि अन्य महिला पनि उत्साहित हुँदै यसतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको कोहलपुर नगरपालिका–३ स्थित सुविबी पुष्प उद्यान केन्द्रकी सञ्चालक विष्णु चौधरी पुष्पखेतीबाट आम्दानी हुन थालेपछि आफू पनि यसमा लागेको बताउनुभयो ।      

उहाँले आठ वर्षदेखि पुष्पखेतीमा रमाइरहनुभएको छ । त्यसका लागि रु ६० हजारमा जग्गा भाडामा लिनुभएको छ । चौधरीका खेतमा हाल टेनिस बल र कर्मा ५५५ जातका सयपत्री प्रजातिअन्तर्गतका फूल रहेका छन् । कोहलपुरमा रहेको उद्यानबाट यस वर्ष कम्तीमा पाँच क्विन्टल फूल उत्पादन हुने चौधरीले बताउनुभयो ।

यस विषय तिहारका लागि स्थानीयले राखेका बोटमा धेरै फूल नफुलेकाले माग बढी हुने भन्दै बाहिरबाट खरिद गरेर भए पूर्ति गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । करिब १० क्विन्टल फूलको व्यापार हुने चौधरीको अनुमान छ । “मेरो खेतमा पनि यस पटक राम्ररी फूलका बिरुवा उमे्रेनन् । प्राविधिक ल्याएर काम गरेको थिए, तर ब्याडमा झार उम्रेपछि औषधि प्रयोग गर्दा धेरै बिरुवा मरे”, उहाँले भन्नुभयो ।     

आफूले उत्पादन गरेको फूल दाङ, सुर्खेत, धनगढी, बुटवललगायत जिल्लामा बजारीकरण गरिएको जानकारी दिँदै चौधरीले पुष्पखेतीसँगै नर्सरी स्थापना गर्ने योजना रहेको पनि सुनाउनुभयो । नेपाल भारत सीमा क्षेत्रमा रहेकाले भारतबाट आयात हुने फूलका कारण प्रतिस्पर्धा गर्न भने समस्या हुने गरेको उहाँको गुनासो छ । “हामीले जेनतेन सीमति स्रोतसाधनका आधारमा फूलको उत्पादन गर्छांै, तर भारतबाट फूल आउँदा त्यसको प्रत्यक्ष मारमा पर्छौं”, चौधरीले भन्नुभयो ।   

हाल यहाँ प्रतिकिलो रु ४०० मा फूल बिक्री भइरहेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी विन्दु चर्तीमगरले सीमापारिबाट आउने अवैध फूलमाला रोक्न नसक्दा स्थानीय उद्यमी मारमा परिरहेको बताउनुभयो । यसरी अवैध रूपमा आउने प्लास्टिकलगायत फूलमालाको स्थानीय प्रशासनबाट नियमन हुनुपर्ने उहाँको भनाइ छ ।     

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले पुष्पखेती गर्ने किसान बाँकेमा सीमित सङ्ख्यामा रहेको उल्लेख गर्दै पुष्पखेतीका लागि सरकारले पनि सहजीकरण गरिरहेको बताउनुभयो । गत वर्षको विवरणअनुसार बाँकेमा १७ जना महिला किसान यस व्यवसायीक पुष्पखेतीमा संलग्न रहेका उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार