मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल पोखरामा हुँदै

Ujyalosandeshonline 11009+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

काठमाडौं ।  लयन्स इन्टरनेशनलडिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पहिलो लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय स्तरको लायन्स कपभलिबल २०८२ साल बैशाख १८ देखि २२ गतेसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगिता पोखरा रंगशालास्थित मल्टिप र्पोज हलमा खेलाइने डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले बताए । पहिलो पटकपोखराको उक्तहलमा भलिबल खेल खेलाउने लागिएको हो ।

प्रतियोगितामा तीन विभागीय सहित नेपालबाट ४ र दुई विदेशी गरी ६ टिमले भागलिने अर्यालले जानकारी दिए । ‘नेपालबाट तीन विभागीय टोली र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तान भलिबल क्लब आउने पक्का भइसकेको छ । बाँकी एक टिमको लागिभारत र इरानका टोलीसँग सल्लाह भइरहेको छ ।’ अर्यालले भने ।

नेपालबाट नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने छन् । यस्तै, पाकिस्तान भलिबल क्लब, इस्लामवादले पनि सहभागिता जनाउने पक्का भइसकेको छ । यस्तै भारत र इरानमध्ये एक राष्ट्रको टिमआउने आयोजकले जनाएको छ ।

लिगकमनक आउटका आधारमा हुने प्रतियोगितामा सहभागिहुने टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइने छ । दुवै समूहको लिग चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगितामा कूल ९ खेल हुनेछ । प्रतियोगितामा सहभागि विभाग बाहेकका टोलीले तीन विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ ।

लायन्स क्लबको स्थापनाअन्तर्राष्ट्रियस्तरमा १०७वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिइ । ‘हामीपहिलो पटक यो प्रतियोगिता आयोजना गर्दैछौँ । यसलाई भव्य रुपमा सफलपार्ने र आउने वर्षदेखि अझव्यवस्थतिढंगले गर्ने योजना छ । साथै महिलाको पनि प्रतियोगिता गर्ने योजना छ ।’ अर्यालले भने ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ र गण्डकी प्रदेश खेलकुद परिषदको स्वीकृती, गण्डकीप्रदेश भलिबल संघको प्राविधिक सहयोग तथा पोखरा महानगर पालिका प्रवद्र्धन र गण्डकीप्रदेशको विशेष सहयोग रहने अर्यालले जानकारी दिए । यस्तै सहयोगी संस्थाहरुमा नेपाल पर्यटनबोर्ड, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा पर्यटन परिषद (पोखरा), कास्कीजिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिबल संघ, टाइगर ग्रुप अफपोखरा नेपाल रहेका छन् ।

प्रतियोगिताको विजेताले ट्रफि सहित ४ लाख ४४ हजार ४४४ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ४४ हजार ४४४ र तेस्रोले १ लाख ४४ हजार ४४४ रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ रुपैयाँ पाउने छन् भने विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार