मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

गठबन्धनमा टुंगिएन राष्ट्रिय सभाको सीट बाँडफाँट

Ujyalosandeshonline 11474+ समाचार ( )
१८ पौष २०८०, बुधवार

काठमाडौं । एमालेले आफूलाई शून्य नपार्न गरेको आग्रहले सत्ता गठबन्धदलका दलहरुबीच राष्ट्रिय सभा सदस्यको सीट बाँडफाँटका लागि भएको छलफल निष्कर्षविहीन भएको छ । बालुवाटारमा बुधबार साँझ बसेका शीर्ष नेताहरुले सत्ता गठबन्धनका दलहरुले कति कति सीटमा आफ्ना उम्मेदवार उठाउने भन्ने टुंगो गर्न सकेनन् । 

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भागबन्डाबारे छलफल नटुंगिएको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामीलाई जिरो नगर्नु’ भन्ने खालको प्रस्ताव आएको भन्दै छलफल पूर्ण रुपमा टुंगो नलागेको बताए । 

नेता पाण्डेले भने, ‘२० सिट खाली छ, त्यसमा एमाले पार्टीकै प्रतिनिधिहरु रहेको ९ सिट खाली छ । यसमा हामी कसरी जान्छौं भन्ने खालको सल्लाह भयो । सल्लाह टुंगिएको छैन । प्रधानमन्त्रीलाई एमाले अध्यक्षले हामीले जिरो नगर्नु भन्ने खालको प्रस्ताव आयो भनेर बुझौ, त्यसपछि हामीले यस बारेमा बुझेर मात्रै टुंगो गरौ भन्ने छ । एमालेको प्रस्ताव के हो हामीलाई जिरो नगर्नु भनेपछि के हो माग, त्यो स्पष्ट भएको छैन । उताबाट त्यो स्पष्ट रुपमा आएपछि कुराकानी गर्न सजिलो हुन्छ ।’ 

यस्तै एमाले र कांग्रेसको आपसी सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्यो सहमति ‘कन्डिस्नल’ रहेको बुझ्नुपर्ने बताए ।बैठकमा भारतीय परराष्ट्र मन्त्री आउने, भारतसँग भएका कतिपय सन्धिहरु छन् मध्य पञ्चेश्वर र महाकाली सन्धिका उल्लेख भएका कुरामा कसरी जाने त्यसको तयारी बारे प्रधानमन्त्रीले ब्रिफिङ् गरेको पनि पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार