मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

डिप्रेसनको उपचारपछि पनि किन आत्महत्या ?

Ujyalosandeshonline 12437+ समाचार ( )
२८ पौष २०८०, शनिबार

काठमाडौं । डिप्रेसन (अवसाद) बाट ग्रसित व्यक्तिहरूले ४ वर्षको अवधिमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ ।

डिप्रेसनले छोएपछि उपचारबाट केही सुधार भएपनि उनीहरुले आत्महत्या गरेको कोरियन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनले गरेको अध्ययनले स्पष्ट पारेको छ ।

त्यस्ता पीडित व्यक्तिले उपचार पाएपनि आत्महत्याको बाटो रोजेको अध्ययनबाट थाहा भएको उल्लेख छ । पीडित २१० व्यक्तिहरूको अध्ययनपछि प्राप्त तथ्यांकको बृहत् विश्लेषणले यस्तो नतिजा देखाएको बताईएको छ ।

फाउन्डेसनले सन् २०१५ देखि २०२२ सम्ममा परिवारका सदस्य र सहकर्मीसँग अन्तर्वार्ता लिई आत्महत्याको कारण पत्ता लगाउने र सुसाइड नोटको विश्लेषण गरी मनोवैज्ञानिक पोस्टमार्टममार्फत तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

औषधि उपचार पाएपछि पनि ६ महिनाभित्र ५४ र एक वर्षभित्र ८१ जनाको मृत्यु भएको अध्ययनले देखाएको छ ।

 व्यवसायिक रुपमा असफल भएर आर्थिक तनावमा परेका  व्यक्तिहरूले डिप्रेसन उपचारदेखि मृत्युसम्मको छोटो अवधिमा तनाव भने नभोगेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

पीडितहरुले अवसादको लक्षणहरू देखिएपछि मृत्यु हुनुभन्दा तीन महिना अघि निद्रामा कठिनाइ भोगेको पनि बताईएको छ ।

‘यी निष्कर्षहरूलाई सम्बोधन गर्न, अवसादको लागि निरन्तर प्रारम्भिक हस्तक्षेपको लागि वातावरण स्थापना गर्न महत्वपूणर् छ,’ अध्ययनमा संलग्न विज्ञहरुले सिफारिस गरेका छन् ।

अन्वेषकहरूले पीडितहरुको प्राथमिक हेरचाह गर्ने चिकित्सकहरूको लागि आत्महत्या शिक्षा र तालिम जस्ता उपायहरू लागूगर्न र डिप्रेसन क्लिनिकहरूमा बिरामीहरूलाई जोडेर एन्टीडिप्रेसेन्ट पे्रस्क्रिप्शनहरूको तुरुन्त स्वीकृति प्रदान गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार