मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीमा कर सप्ताह सुरु

Ujyalosandeshonline 11005+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

भैरहवा । आन्तरिक राजश्व कार्यालय भैरहवाले मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाउदै छ ।“कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूख्य नारासहित यस वर्षको कर सप्ताह सुरु गरिएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले जानकारी दिए । 

“मूल्य अभिवृद्धि ऐन कार्यान्वयन पारेको दिन पारेर मंसिर १ गते देखि राष्ट्रिय कर दिवस मनाउने गरिएको छ । आज देखि ७ दिन सम्म प्रत्येक दिन नया कार्यक्रम गरि कर सप्ताह मनाईरहेका छौं ।” पोखरेलले भलभ  “करदातालाई कर तिर्न जागरुक बनाउने, कर सम्बन्धि रहेका समस्याहरु अन्तरक्रियाका माध्यमबाट समाधान गर्ने, र सम्पूर्णमा कर बारे जागरुकता फैलाएर कर तिरु तिरु पार्ने भावना बनाउन हामीले कर सप्ताह मनाईरहेका छौं ।”

२०५४ मंसिर १ देखि हरेक वर्ष कर सप्ताह मनाउने गरिएको छ । पहिलो दिन १ गते शनिबार आन्तकिर राजस्व कार्यालय भैरहवाबाट प्रभात फेरी निकाली देवकोटाचोक हुदै, बैंकरोड, नारायण पथ, बुद्धचोक भएर कार्यालयमै समापन गरिएको छ । २ गतेदेखि ७ गतेसम्म करदाता शिक्षा, अन्तरक्रिया र सचेतनाका कार्यक्रमहरु आयोजना हुनेछन् ।

मंसिर २ गते कार्यालय र लुम्बिनी प्रेस क्लबको सहकार्यमा कर शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम, ३ गते भैरहवा बहुमुखी क्याक्पसमा अध्ययनरत् बिद्यार्थीहरु संगर करकै विषयमा अन्र्तक्रिया, ४ गते देवदहका उद्योगी व्यसायीसंग अन्र्तक्रिया कार्यक्रम, ५ र ६ गते विभिन्न सरकारी कार्यालय, निजि क्षेत्र, पेशागत संग संगठनको विषयमा ब्याडमिन्टन प्रतियोगिता र ७ गते अन्तरिक राजस्व कार्यालयद्वारा भैरहवा र परासी क्षेत्रका उत्कृष्ट कर दाता, कार्यालयका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रमुख कर अधिकृत प्रेमराज पोखरेजलले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार