मुख्य समाचार
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने | मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन | लुम्बिनी प्रदेश सभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित | गोरु गाडमा गहुँ लैजाँदै किसान |

लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11040+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले 'लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२' काे शुक्रबार उद्घाटन गर्नु भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनकाे उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको उल्लेख गर्नुभयो । उहाँले यी शिक्षाहरू समतामूलक, सन्तुलित र न्यायपूर्ण आर्थिक संरचना निर्माणका लागि प्रेरणास्रोत भएको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो,`आजको असमानता, गरिबी, उपभोक्तावाद र पर्यावरणीय संकटजस्ता चुनौतीहरूको सामना गर्न बुद्धको विचार झनै सान्दर्भिक बनेको छ । यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको छ ।´

उहाँले लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको जानकारी समेत दिनुभयो । `यस सम्मेलनले ती योजनाहरूलाई मूर्त रूप दिन योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु । लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ । तसर्थ, लुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ,´ मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

सम्मेलनबाट प्राप्त हुने विचार, सुझाव र निष्कर्षहरूले केवल लुम्बिनी प्रदेशलाई मात्र नभई सम्पूर्ण मानव समाजलाई समुन्नत, न्यायपूर्ण र दिगो आर्थिक विकासतर्फ उन्मुख गराउने मार्गदर्शन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सम्मेलनको उद्देश्य बौद्ध शिक्षाको प्रचारप्रसारसँगै लुम्बिनी प्रदेशको पर्यटन, संस्कृति र आर्थिक विकासमा योगदान पुर्‍याउनु रहेको छ । बौद्ध धर्मका सिद्धान्तमा आधारित रही स्थायी विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्यका अवसरबारे सम्मेलनमा गहन छलफल हुने बताइएको छ ।

सम्मेलनमा अनुसन्धानकर्ता, शिक्षाविद्, आर्थिक विज्ञ, पर्यटन व्यवसायी, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव तथा आर्थिक क्षेत्रसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार