मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे

Ujyalosandeshonline 11005+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म विकल्प नभएको बताएका छन् । 

काठमाडौंमा आयोजित नेपाल चीन संस्कृति र पर्यटन शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार मात्र अगाडि सरेर शिक्षा, स्वास्थ्य क्षेत्र विकास गर्न सकिने भन्दै पर्यटन क्षेत्रको लागि निजी क्षेत्र नै अगाडि सर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म कुनै विकल्प नै छैन । सरकार अगाडि सरेर स्वास्थ्य क्षेत्रमा विकासका कामहरु अगाडि बढाउन सकिन्छ, आधारभूत शिक्षामा पनि काम गर्न सकिन्छ तर पर्यटन क्षेत्रमा काम गर्नको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ । निजी क्षेत्र अघि सरकारी क्षेत्र पछि अनि मात्र पर्यटनको विकास सम्भव छ ।’

यस्तै, उनले पर्यावरण मैत्री पर्यटनको विकास गर्नुपर्ने भन्दै प्रकृतीमाथिको अतिक्रमणको खतरा जोगिएर पर्यटनको विकास गर्ने कुरामा ध्यान दिनुपर्ने बताए । 

उनले भने, ‘पर्यावरणमैत्री पर्यटनको विकास यसले हाम्रो प्रकृतीलाई जोगाउने, प्रकृतीमाथिको जुन अतिक्रमणको खतरा छ त्यो खतराबाट जोगिएर पर्यटनको विकास गर्ने कुरा हामीले ध्यान दिनुपर्छ । त्यस्तै अहिले डिजिटल समयमा यो आईटिले विकासको शिखर चुमेको अवस्थामा हामीले डिजिटल माध्यमबाट डिजिटल कलचर्ल टुरिजम्लाई प्रवद्र्धन गर्ने, यसको विकास, प्रचार गर्ने काम हामीले समात्नु पर्नेछ ।’ 

भावनामा बगेर धेरै बोल्ने तर कार्यान्वयनमा कमजोर भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बाटोमा जानुपर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार