मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

सुशासनका लागि सूचनाको हक आवश्यक : गृहमन्त्री

Ujyalosandeshonline 11004+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुशासन स्थापना गर्नको लागि पनि सूचनाको हक आवश्यक भएको बताएका छन् । मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले सूचनाको हकले पारदर्शिता स्थापित गर्ने, पारदर्शिताले सुशासनको सुनिश्चितता गर्ने भन्दै सुशासनको लागि पनि सूचनाको हक आवश्यक रहेको बताए । 

उनले भने, ‘सूचनाको हक किन आवश्यक छ भन्दा पारदर्शिताका लागि आवश्यक छ । सूचनाको हकले पारदर्शिता स्थापित गर्छ, पारदर्शिता भएपछि त्यसले सुशासनको सुनिश्चितता गर्छ । यदी पारदर्शिता छैन् भने सुशासन हुदैँन् र पारदर्शिताको लागि सूचनाको हक आवश्यक हुन्छ । त्यसकारण सुशासनको लागि पनि सूचनाको हक आवश्यक छ ।’ यस्तै, उनले लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले नेपालमा पनि व्यवस्था गरेको भन्दै नागरिकलाई सूचना उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए । 

उनले भने, ‘सूचनाको हकलाई हामीले संविधानको मौलिक हकमा राखेका छौ । लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले हामीले पनि व्यवस्थित गरेका छौ । प्रत्येक नागरिकलाई सूचना पाउने हक छ र सूचना सार्वजनिक सरोकारको विषय हो । कुनैपनि सरकारी कार्यालयमा आफ्नो काम छ भने त्यो कहाँ पुगेको छ भन्ने जानकारी लिन पाउनुपर्ने हक पनि प्रत्येक नागरिकलाई छ । नागरिकलाई सूचना पाउने हक भनेको सरकारको दिने दायित्व हो । सरकारले त्यो उपलब्ध गराउनुपर्छ ।’ यसका साथै, उनले सूचनाको हक भन्ने वित्तिकै जे मागे त्यही दिन पर्छ भन्ने पनि हुदैँन् । कतिपय गोप्य राख्नुपर्ने सूचना हुने भन्दै सबै सूचना सार्वजनिक गरेपनि अराजकता पैदा गर्ने गरेको पाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार