मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

स्थानीय यार्सा खोज्न गएको मौका छोपी मुगु कार्मारोङका २३ घरमा चोरी

Ujyalosandeshonline 12441+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

मुगु । मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश मानिसहरु यार्सागुम्बा संकलन गर्न पाटन गएको मौका छोपी हतियारधारी समूहले शनिबार साँझ लुटपाट गरेको हो । 

गाउँमा बुढाबुढी र अशक्त रहेको अवसर पारेर लुटेरा समुहले डोल्फु गाउँमा रहेका ५० घरमध्ये २३ घरबाट नगद, गहना, सरसामानलगायत चोरी गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । 

बन्दुक, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, लत्ताकपडालगायत सामान लुट्नुका साथै गाउँमा भाएका कुकुर र गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले जानकारी दिए । 

‘२३ घरमा लुटपाट गरेछन् । गाउँमा रहेका गुम्बाका पुजारी र कुकुरहरुलाई लुटेरा समुहले मणासन्न हुने गरी कुट्पिट गरेछन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने छ ।’ मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराएका थिए । 

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसिले घटना सत्य भएको र यथार्थ बुझ्न घटना स्थलबाट ५ घण्टा तल रहेको पुलु प्रहरि चौकिबाट प्रहरिको टोली पठाइएको जानकारी दिए । यस्तै, जिल्ला प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न कठिन भएको उल्लेख गर्दै आज साँझसम्म सत्यउ तथ्य बाहिर आउने बताए । 

मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा संकलनका लागि अनुमति दिएसँगै त्यहाँका स्थानीय गाउँ छाडेर यार्सागुम्बा संकलनका लागि हिमाली भेगतर्फ गएका थिए । विगत वर्षहरुमा पनि जुम्लाका पातारासी, पटमारा लगायत बस्तीहरुबाट हरियारधारी समूह आएर मुगुका स्थानीयसँग झगडा गर्ने तथा यार्सा लुटेर लाने गरेको घटना भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार