मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

फ्रान्सिस स्कट ब्रिज चाँडै पुनर्निमाण गर्छौं : बाइडेन

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बाल्टिमोरको भत्किएको फ्रान्सिस स्कट ब्रिजको निरीक्षण गरेका छन् । गत साता मालबाहक पानी जहाज पुलमा ठोक्किदा उक्त पुल भत्किएको थियो । राष्ट्रपति  बाइडेन मेरील्याण्ड भ्रमणका क्रममा पुलको बारेमा पनि चासो राख्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । बाइडेनले पुललाई सकेसम्म छिटो पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए । पुलको पुनर्निर्माणमा सक्दो सहयोग गर्ने बताउँदै श्रम र निर्माण सामग्रीको खर्च पनि संघीय सरकारले बेहोर्ने जानकारी गराएका थिए ।

पुल भत्किँदा मृत्यु भएका छ जनाको विषयमा चासो व्यक्त गर्दै दुःखको समयमा सरकारले सहयोग गर्ने पनि उनले बताए । अमेरिकी राज्य मेरिल्याण्ड अन्तर्गत पर्ने बाल्टिमोरमा ठूलो कन्टेनर जहाज ‘डाली’ सहरको प्रसिद्ध फ्रान्सिस स्कट की ब्रिजसँग ठोक्किएको थियो । ठक्करका कारण सवारी साधन र मानिस पाटाप्सको नदीमा खसेका थिए । उक्त जहाज बाल्टिमोरबाट श्रीलंकाको राजधानी कोलम्बोतर्फ गइरहेको थियो ।

अमेरिकी कोस्ट गार्डका रियर एडमिरल श्यानन गिलरेथले ६ जना बेपत्ता भएका र मृतक भएको अनुमान गरेका छन् । अन्य दुई जनाको पानीबाट उद्धार गरिएको थियो । दुर्घटना हुँदा आठै जना निर्माण कार्यमा संलग्न रहेको र पुलमा खाल्डा भर्ने क्रममा रहेको बताइएको छ । बेपत्ता भएकाहरू होन्डुरस, मेक्सिको र ग्वाटेमालाका रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार