मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अर्घाखाँचीको ऐतिहासिक खाँचीकोट दरबार: महिमा र विकासको पथमा

अनिल नेपाली 141+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाबाट करिब ८ किलोमिटरको दूरीमा रहेको ऐतिहासिक खाँचीकोट दरबार यतिबेला बेहुलीझैँ सिँगारिएको छ। विशेषगरी दशैँको नवदुर्गा पूजा र दशैँको तेस्रो दिन (त्रियादशी) मा पौराणिक सराय मेला नाँच हुँदै आएको यस मन्दिरको ऐतिहासिक र धार्मिक महत्व धेरै भए पनि उचित प्रचारप्रसारको कमीले भक्तजनको उपस्थिति कम रहेको स्थानीयवासीको भनाइ छ।

विकास र संरक्षणका प्रयासहरू:

सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा ब. केसीका अनुसार खाँचीकोट दरबारको संरक्षण र विकासका लागि महत्वपूर्ण कार्यहरू भएका छन्। यस वर्ष हाइमाक्स लाइट जडान गरिएको छ भने सडक सञ्जालको व्यवस्थापन, पुरातात्विक ढङ्गले पुनर्निर्माण र मन्दिरलाई थप व्यवस्थित गर्ने कार्यहरू पनि अघिल्दाे आर्थिक वर्षमा सम्पन्न भएका छन्।

खाँचीकोटको ऐतिहासिक महत्व:

बाइसे चौबिसे राज्यकालमा अर्घा र खाँची दुई राज्य थिए। खाँचीका १३औँ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका नरभुपाल शाहसँग भएको थियो। उनी पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन् र पृथ्वीनारायणको लालनपालनमा उनको महत्वपूर्ण भूमिका रहेको थियो। यसरी शक्तिशाली गोरखा राज्यसँग सम्बन्धित खाँचीकोटको ऐतिहासिक महत्व अतुलनीय छ।

पर्यटकीय सम्भावना:

खाँची दरबार रहेको स्थानबाट सन्धिखर्क बजारसहित अर्घाखाँची, गुल्मी, पाल्पाका विभिन्न ठाउँ र सुन्दर हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ। सुपा देउराली-नरपानी आउने पर्यटकलाई खाँचीकोट दरबारमा आकर्षित गर्न प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीयको माग छ। अध्यक्ष केसीका अनुसार सुपा देउराली-नरपानीबाट नजिकै रहेको यस दरबार नयाँ पुस्तालाई इतिहास बुझ्न, प्राकृतिक वातावरणमा रमाउन, फोटो खिच्न र टिकटक बनाउन उपयुक्त स्थान हो।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष पदम खड्काले मन्दिरको व्यवस्थापन र दरबारको संरक्षण नयाँ तरिकाले गर्न आफूहरू जुटेको बताएका छन्। खाँचीकोट दरबारको यो ऐतिहासिक यात्राले यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार