मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा

Ujyalosandeshonline 12437+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको अख्तियारको आरोप छ । 

अख्तियारले घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा  इटहरीबाट खटिई गएको टोलीले हुसैनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मु्द्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार