मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

Ujyalosandeshonline 11477+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा अध्यक्ष लेखनाथ कोइरालाद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन’ सुझावसहित पारित गरिएको छ ।

‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान राजनीतिक अधिकार सहितको ट्रेड यूनियन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ १२ औं महाधिवेशन सम्पन्न गरेको हो । मंगलवार पत्रकार सम्मेलन गर्दै नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहितको आवाज उठाएको संगठनका महासचिव रामचन्द्र अधिकारीले बताए । 

उनले भने,‘ नेपाल निजामती कर्मचारी संगठनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहित एव अधिकारको अतिरिक्त प्रभावकारी जनसेवा प्रवाह, व्यवस्थित र मर्यादित ट्रेड युनियनको पक्षमा विगत ३४ वर्षदेखि निरन्तर आवाज उठाउँदै आइरहेको छ ।’

बाह्रौ महाधिवेशनबाट भवानी न्यौपाने दाहालको अध्यक्षतामा १७१ सदस्यीय केन्द्रीय कार्य समिति, ५ सदस्यीय लेखापरीक्षण आयोग, ५ सदस्यीय अनुशासन आयोग, ५ सदस्यीय नीति अनुसन्धान आयोग, ११ सदस्यीय विज्ञान तथा प्रविधि आयोग र ७१ जना केन्द्रीय परिषद् सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको संगठनका महासचिव अधिकारीले जानकारी दिएका छन् । 

यस्तै, संगठनका नव अध्यक्ष भवानी न्यौपाने दाहालले बहालवाला, सेवा निवृत कर्मचारी र अस्थायी कर्मचारीको ज्यालादारीको विषयमा काम गनुपर्ने बताइन् । 

उनले भनिन्, ‘बहालवाला र सेवा निवृत कर्मचारीको विषयमा पनि काम गर्नुपर्ने हामीले उहाँहरुको आवाज बोक्नुपर्ने यति मात्र हैन करार अस्थाइ ज्यालादारीको विषयमा पनि हामीले उहाँहरुलाई समेटेर लानुपर्ने दायित्व रहेको छ ।’ उनले राम्रा कामलाई निरन्तरता दिदै निश्कर्षमा पुर्याउने पनि बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार