मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

दशैं लक्षित सुरक्षा ब्यवस्था कडा
यात्रुको सहायताको लागि रुपन्देहीमा पाँच सहायता कक्ष स्थापना

Ujyalosandeshonline 1+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

मर्चवार न्यूज

भैरहवा । चाड पर्वको अवसरमा भारतबाट फर्किने नेपाली एवम पर्यटकलाइ लक्षित गरि रुपन्देहीका विभिन्न ५ स्थानमा नागरिक/यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।
चाड पर्वका अवसरमा यात्रुहरुलाई अनाश्यक हैरानी नहोस्, सहायता होस् भन्ने हेतुले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले, बेलहिया नाका, भैरहवा बसपार्क, बुटवल बसपार्क, कालीदह नाका र लुम्बिनीको पर्सा चौराहामा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुख वजिर सिंह बिष्टले जानकारी दिए । उनले सवारी दुर्घटना न्यूनिकरण, विदेशबाट आउने यात्रुका लागि सहजताका लागि सहायता कक्ष स्थापना गरिएको बताए ।
बिहिबार बेलहिया नाकामा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले यात्रु सहायता कक्षको उदघाटन गरेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले गणेश अर्यालले सहायता कक्षले चाडपर्वका बेला यात्रा गर्ने यात्रुहरुलाई सहजता हुने बताए । ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, सिद्धार्थ उद्योग वणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, होटल ब्यावसायी संघ, बेलहिया गाउँसमाज, सिद्धार्थ यातायात ब्यावसायी समिति, नेपाल पत्रकार महासंघ एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । यात्रु सहायता कक्ष छठ पर्वसम्म रहने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै