मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

रूपन्देही सुपरलिगः बुटवल–११ लाई सफलता

Ujyalosandeshonline 11011+ समाचार ( )
२८ कार्तिक २०८१, बुधवार

भैरहवा । रुपन्देहीको भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’को बुधबारको खेलमा बुटवल–११ क्रिकेट क्लबले सफलता हात पारेको छ । उसले साई ग्लोबल एकेडेमीमाथि ६ विकेटको जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा ३० ओभर १ बल खेल्दै ८४ रनमै आलआउट भयो । उसका लागि अभिषेक सुनारले १८, अजय चाईले १३, प्रयाश गैरेले ११ र आह्वान घिमिरेले १० रन बनाए पनि अन्य ब्याटरले दोहोर अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो । बलिङमा उसलाई न्युन स्कोरमा रोक्न बुटवल–११ का विभेष खातीले ३, एजाज अहम्मद र विशाल भुसालले २–२ तथा सुदन श्रेष्ठ, रामकुमार कसौधन र प्रमिश अर्यालले समान १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको बुटवल–११ ले २० ओभरमा ४ विकेटको नोक्सानीमा ८६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विशाल भुसालले ३०, प्रमिश अर्यालले २० र मनिष न्यौपानेले १३ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका पंकज मिश्रा, पिन्टु साहनी, मोहम्मद मोइन र आह्वान घिमिरेले १–१ विकेट लिए । खेलमा बुटवल–११ का विशाल भुसाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार