मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरु सुस्त

Ujyalosandeshonline 11002+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

रामेछाप । रामेछापका स्थानीय तहमा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजना काममा ढिलाइ भएको छ । समयमा नै योजनाको काम नहुँदा आर्थिक वर्षको अन्तिममा हतार हतार काम गर्दा गुणस्तरीय काम नहुने आशंका पैदा भएको छ । चालु आर्थिक वर्षको सात महिना सकिन लाग्दा पनि जिल्लाका स्थानीय तहमा उपभोक्ता समितिमार्फत हुने काममा खासै प्रगति हुन सकेको छैन ।   

जिल्ला सदरमुकाम मन्थली नगरपालिकाको यस आर्थिक वर्षका ३ सय ५८ वटा योजना  मध्ये ६७ वटा योजनाको मात्र काम सम्पन्न भएको छ । कतिपय योजना अझै सम्झौता नै हुन बाँकी रहेका छन् । 

नगरपालिकाका १ सय ७८ वटा योजना सम्झौता भई कार्यान्वयनमा रहेका छन् । यस वर्ष बजेट विनियोजन गरिएका १ सय ८० वटा योजनाको अझै सम्झौता हुन बाँकी रहेको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए ।

कूल १४ वटा वडा रहेको मन्थली नगरपालिकामा करिब ५१ प्रतिशत योजना मात्र सम्झौता भएका छन् । नगरका १९ प्रतिशत योजनाको काम मात्र सम्पन्न भएका छन् । 

जिल्लाको रामेछाप नगरपालिकामा अझै ८० वटा विकास योजनाहरू सम्झौता हुनै बाँकी छन् । सो नगरपालिकामा चालु आर्थिक वर्षमा ६ वटा योजना ठेक्का मार्फत र १ सय ८१ वटा योजना उपभोक्ता समितिमार्फत सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ । 

सो नगरपालिकामा ठेक्कामार्फत हुने योजनाको काम भइरहेका भएपनि उपभोक्ता समिति मार्फत काम गर्नुपर्ने ८० वटा योजनाका सात महिना बित्दा पनि सम्झौता भएका छैनन् ।   उपभोक्ता समितिमार्फत सञ्चालन हुने १ सय ३ वटा योजना सम्झौता भई कार्यान्वयन भइरहेको नगरपालिकाका योजना शाखाले जानकारी दिएको छ । नगरपालिकामा हालसम्म जम्मा सातवटा योजनाको काम मात्र सम्पन्न भएको छ ।  

त्यस्तै खाँडादेवी गाउँपालिकाले यस वर्ष २ सय ८२ वटा योजनाको लागि बजेट विनियोजन गरेकोमा अहिलेसम्म १ सय १० वटा योजनाको सम्झौता नै हुन  बाँकी रहेका छन् ।  सो गाउँपालिकाका १ सय ७२ वटा योजना मात्र सम्झौता भई कार्यान्वयनमा आएका छन् । सो गाउँपालिकामा हालसम्म ६० वटा योजना सम्पन्न भएकोमा ११ वटा योजनाको भुक्तानी भइसकेको छ ।

जिल्लाको गोकुलगंगा गाउँपालिकाको अवस्था पनि त्यस्तै छ । सो गाउँपालिकामा हालसम्म ६५ वटा योजनाको सम्झौता हुनै बाँकी छन् । गाउँपालिकामा चालु आर्थिक वर्षमा २ सय ३८ वटा योजनाका लागि बजेट विनियोजन भएको छ । ती मध्ये १ सय ७३ वटा योजना मात्रै सम्झौता भएका छन् ।  सो गाउँपालिकाका ३१ वटा योजनाको मात्र काम सम्पन्न भई भुक्तानी भएको छ ।

दुई नगरपालिका र ६ गाउँपालिका रहेका रामेछाप जिल्लाका अन्य स्थानीय तहको अवस्था पनि त्यस्तै छ । समयमा काम नगर्ने र असारको मुखमा हतार हतार काम गरेर भुक्तानी लिने विगतको परम्परा यस वर्ष पनि दोहोरिने संकेत देखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार