मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


पुम्दीकोटमा कैशालधाम निर्माणका लागि महायज्ञको तयारी

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ माघ २०८१, सोमबार

पोखरा । पोखरामा रहेको पुम्दीकोटमा कैशालधाम निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने भएको छ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा आउँदो फागुन ७ गते देखि १५ गतेसम्म उक्त महायज्ञ आयोजना हुने भएको समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले बताए ।

हालै पोखरामा आयोजित महायज्ञ प्रचार प्रसार समितिको पहिलो बैठकमा बोल्दै अध्यक्ष बरालले पछिल्लो समयमा चर्चामा रहेको पुम्दीकोट क्षेत्रको अधुरा भौतिक पूर्वाधारसहित एक रात पर्यटकहरुको बसाई अवधि लम्बाउने उद्देश्यले पूर्वाधार निर्माण हुने गरी हुन लागेकोे महायज्ञलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताए । 

पुम्दीकोट कोट विकास समितिले यस अघि २०७३ र २०७९ सालमा गरेका शिव महापुराण ज्ञान महायज्ञ लगायत हालसम्म दानदाताहरुले गर्नुभएको दानलाई संकलन गर्दै आएको उनले प्रष्ट पारे । 

अझैपनि कैलाशधाम निर्माण गर्ने अभियान निरन्तर जारी रहेको उल्लेख गर्दै उनले पर्यटनको राजधानी पोखरा आउने पर्यटकको बसाइ कम्तिमा पनि १ दिन लम्व्याउने उद्देश्य अनुरुप साँझको समयमा विशाल महादेवको मूर्तिलाई पर्दा बनाई लेजर लाइटमार्फत् शिवलीला प्रदर्शन गर्ने, कैलास पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँचको लागि सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा इको साउण्ड नियन्त्रण गर्ने जस्ता कार्य गर्ने रणनीतिक लक्ष्य राखी श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा–२०८१ को आयोजना गर्न लागिएको अध्यक्ष बरालले जनाए । 

प्रचार प्रसार गर्दा सामाजिक संजाललाई अधिकरुपमा प्रयोग गरी कास्कीसहित गण्डकी प्रदेशका जिल्लासम्म उक्त महायज्ञमा सहयोग गर्ने दाताको खोजी गर्ने तथा महायज्ञमा सहभागिताको लागि निमन्त्रणा गर्न सबै एक भई लाग्ने बैठकमा निर्णय भएको सहसंयोजक मात्रिका बरालले बताए । 

उनले आध्यात्मिक जागरणमार्फत् हाम्रो मन र चित्तको थप शुद्धिकरण गर्ने तथा सनातनधर्मको संरक्षण गर्दै आकर्षक सुरक्षित धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट बनाउने सङ्कल्प लिएको जनाए ।

पुम्दी भुम्दी क्षेत्रका स्थानिय सम्पुर्णमा उक्त महायज्ञ भव्य रुपमा सफल पार्न र आवश्यक सहयोग गर्न समितिले आव्हान समेत गरेको छ । प्रचार समितिले घर देलो देखि तुल व्यानर, प्रर्चा पम्प्लेट, माइकिङसहित प्रचार अभियानमा जुट्ने भएको छ ।

छलफल कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उक्त महायज्ञ सफल पार्न आफ्नो क्षेत्रबाट अहोरात्र खट्ने बताए । पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, स्थानिय लक्ष्मी देवि पौडेल लगायतले आफ्नो गाउँमा बृहत योजना सहित आयोजना हुने महायज्ञलाई सफल पार्न आवश्यक सहयोग गर्ने बताए । 

प्रचार प्रसारको दोश्रो बैठक यही माघ २५ गते बस्ने भएको समितिले जनाएको छ । १ सय ७ सदस्य प्रचार प्रसार समिति गठन भएको समितिका व्यबस्थापक रुद्रनाथ पौडेलले बताए । उक्त महायज्ञमा प्रमुख बाचक भागवत मञ्जरी (माता) राधिका दासी रहनु हुने भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार