मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सशस्त्र प्रहरीद्वारा एक वर्षमा १३ करोड बढीको अवैध सामग्री बरामद

Ujyalosandeshonline 11474+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

भैरहवा । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले गत आर्थिक वर्ष ०८१/०८२ मा १३ करोड १० लाख रुपैयाँभन्दा बढी मूल्यको राजस्व छलीका विभिन्न सामग्री बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ती सामग्रीहरू नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको गणले जनाएको छ ।

गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मेखराज जोशीका अनुसार, बरामद गरिएका सामग्रीमा कपडा, मोबाइल, मदिरा, चिनी, कुखुरा, रासायनिक विषादी, मोटर पार्टस्, पशु चौपाया र औषधी रहेका छन् । यी सबै सामग्री आवश्यक कारवाहीका लागि भन्सार, राजस्व अनुसन्धान कार्यालय तथा पशु र प्लान्ट क्वारेन्टाइन कार्यालयमा पठाइएको छ ।

तस्करीमा प्रयोग भएका २०८ वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । जसमा आठ वटा ट्रक, मिनि ट्रक, ट्याक्टर, कार र भ्यान, १० वटा छोटा हात्ती, पाँच वटा अटो रिक्सा, १७५ वटा मोटरसाइकल र १० वटा साइकल छन् । सीमा सुरक्षालाई थप सुदृढ बनाउन मर्चवारी गाउँपालिका-७ मन्झरियामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । योसँगै जिल्लामा बिओपीको संख्या ७ पुगेको छ ।

यसैगरी, लागुऔषध तथा विष्फोटक पदार्थको ओसारपसार नियन्त्रणका लागि बेलहियामा डग स्क्वाडसहितको चेकजाँचलाई प्रभावकारी बनाइएको गणका डीएसपी एवं सूचना अधिकारी मोहन न्यौपानेले जानकारी दिए ।

गत आर्थिक वर्षमा खैरो हिरोइन र गाँजा जस्ता लागुऔषधसहित चार जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको छ । यसका साथै, सशस्त्र प्रहरीले समुदायसँगको सहकार्यमा विभिन्न विपद् सम्बन्धी १२८ वटा सचेतनामूलक कार्यक्रम र अन्य सुरक्षा निकायसँग मिलेर ६ वटा विपद् उद्धार अभ्यास पनि सम्पन्न गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार