मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

युवामैत्री सरकार आवश्यक छ : सभामुख घिमिरे

Ujyalosandeshonline 11086+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

हेटौँडा । बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएका विभिन्न प्रकारका तालिममा सहभागी युवाहरुलाई विहीबार हेटौंडामा एकै पटक प्रमाणपत्र वितरण गरिएको छ । 

बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएका विभिन्न तालिममा सहभागि दुई हजार जना युवाहरुलाई हेटौंडामा भेला पारेर प्रमाणपत्र वितरण गरिएको हो ।

मकवानपुर, चितवन र सिन्धुली जिल्लामा युवा परिषद् मार्फत सीप सिकेका युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । युवा सीप वर्ष २०८१ अन्तरगत सञ्चालित निःशुल्क सीप विकास तालिमहरुको दिक्षान्त समारोह कार्यक्रमको उदघाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरे ।

कार्यक्रमका अवसरमा बोल्दै उनले मुलुकमा युवा नीति आवश्यक रहेको बताए । अहिलेको अवस्थामा युवामैत्री सरकार चाहिएको सभामुख घिमिरेले बताए । सीप र क्षमता युक्त युवा उत्पादन गरेको देश समृद्ध बन्ने उनले बताए । अब विकास निर्माणका काममा सरकारले युवालाई अगाडि बढाउनुपर्ने बताए । अहिले पनि युवालाई आकर्षित गराउने काममा कमी रहेको सभामुख घिमिरेले बताए ।

कार्यक्रममा संघीय संसदका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभाका सदस्य महेश कुमार बर्तौलाले स्वरोजगार बन्नका लागि सीपले काम गर्ने बताए । युवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने उनले बताए । युवाहरुको आसाको रुपमा अहिलेको सरकार रहेको बर्तौलाले बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल,बागमती प्रदेश सभा सदस्यद्धय जगन्नाथ थपलिया, इन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार