मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


बैदेशिक रोजगारलाई सुरक्षित बनाउदै “सामी”

Ujyalosandeshonline 12431+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

भैरहवा । बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवम शोषण रहित बनाउन सुरक्षित आप्रवासन “सामी” कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ । नेपाल सरकार र स्वीस सरकार बिच भएको द्विपक्षीय सम्झौता अनुसार रुपन्देही जिल्लाका ५ वटा पालिकामा लागु भएको सामी कार्यक्रम बैदेशिक रोजगारमा जानेहरुलाइ परामर्श मात्र नभई बैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग भएको नेपाली तथा मृत्यु भएकाको हकमा उनिहरुको आश्रित परिवारका लागि पनि राहत एवम क्षतिपूर्तिमा सहजीकरण गर्दै आएको छ । 

सामी कार्यक्रम अन्र्तगत जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रहेको श्रोत केन्द्रबाट बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुलाई रोजगार प्रक्रिया, कानूनी पक्ष, जोखिम र सावधानी लगायतका आवश्यक जानकारी एवम परामर्श प्रदान गर्दै आएको छ भने समुदाय स्तरमा गहम अभिमुखीकरण, सीप तथा तालीममा पहुँच, कानूनी सहायतामा सहजीकरण गर्दै आएको छ । यस्तै पिडित तथा उनिहरुको आश्रित परिवारलाई आर्थिक सहायता सहजीकरण, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताका कार्यक्रमहरु पनि गर्दै आईरहेको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको कोठा नम्बर ११ बाट बैदेशिक रोजगारीमा जानेहरुले यो सेवा लिदै आएको सामी कार्यक्रमको रुपन्देही संयोजक सीता पन्थ भण्डारीले जानकारी दिईन । शुक्रबार भैरहवामा आयोजित एक कार्यक्रममा चालु आर्थिक वर्षको प्रगति सार्वजनिक गर्दै भण्डारीले ६ हजार १ सय ६ जना महिला तथा १४ हजार ५ सय ७८ जना पुरुष गरि २० हजार ६ सय ८४ जनालाई बैदेशिक रोजगारी सम्बन्धि परामर्श प्रदान गरिएको जानकारी दिईन । यस्तै परियोजना सञ्चालन भईरहेको बुटवल उपमहानगरपालिकामा ४८, सिद्धार्थनगर नगर पालिकामा ४८, कञ्चन गाउँपालिकामा ४८ वटा र तिलोत्तमा नगरपालिकामा ८ वटा समुदायमा आधारित गहन अभिमुखीकरण प्रदान गरिएको छ । 

कार्यक्रम मार्फत बैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सीप तालीममा १० जना महिला तथा ४ जना पुरुष गरि १४ जनालाई प्रतिनिधित्व गराउनुको साथै १३८ जनालाई कानूनी सहायता प्रदान गरिएको छ । संयोजक भण्डारीका अनुसार यस अवधिमा २३ जना महिला र २५२ जना पुरुषको उजुरी परेकामा १३८ जनाको समाधान गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको अङ्गभङ्ग, मृत्यु तथा कम्पनी टुटेर फिर्ता आएको बापत रकम २ करोड ६८ लाख ८७ हजार ४ सय ७ रुपैया यस अवधिमा भुक्तानमिा सहजीकरण गरिएको कार्यक्रम परामर्शकर्ता लक्ष्मी गुप्ताले जानकारी दिईन । उनले २०७५ साल देखि नै कार्यालयको खातामा रकम आए पनि ब्यक्तिहरुको ठेगाना लगायतका बारे स्पष्ट जानकारीको अभावमा रकम वितरण हुन नसकेको बताइन । यस अवधिमा यस्ता व्यक्ति तथा उहाँहरुको आश्रित परिवारको खोजी गरि उक्त रकम बुझ्न सहजीकरण गरेको गुप्ताले जानकारी दिईन । 

यस्तै बिदेशबाट बिमा बापतको १ करोड ४१ लाख ५५ हजार ७ सय ६३ रुपैया, नेपालबाटै पाउने २ करोड ६८ लाख ९४ हजार ५ सय ७७ रुपैया र ठगीका समस्या सहजीकरण गरि ५० लाख ११ हजार ६ सय २४ रुपैया दिलाउन कार्यक्रमले सहजीकरण गरेको गुप्ताले बताइन । 

यस अवधिमा बुटवलमा २५, सिद्धार्थनगरमा ३३, तिलोत्तमामा ३१, लुम्बिनीमा ३ र कञ्चनमा ३५ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ । रेमिटेन्स प्राप्त गर्ने ब्यक्ति, विशेष गरि महिलाहरुको लागि बचत, लगानी, बजेट बनाउने जस्ता विषयमा वित्तिय कक्षाहरु समेत सञ्चालन गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार