मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’

Ujyalosandeshonline 12441+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

चितवन । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनले ४४ औँ बिपी स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रका चुनौती र हाम्रो जिम्मेवारी’ विषयक विचार गोष्ठी तथा जरा अभियान २०८३ को समापन कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अग्रज, समकालीन र जेन–जी पुस्तालाई सम्मान गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको नेतृत्वले तीन पुस्ताको सम्मान गरेर लोकतन्त्रको रक्षाका लागि लड्ने समय आएको छ ।” बिपी विचारलाई सम्मान गर्दै बिपीका मार्गअनुसार अघि बढ्दै जनताको भावनाअनुसार काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । लोकतन्त्रको दीपलाई सबैले जोगाउनुपर्ने भन्दै उहाँले कांग्रेस हुनुको पहिचना गुमेको जस्तो पाटोबाट उठाएर कांग्रेसले पुर्नजीवन दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसी, राष्ट्रियसभा सदस्य गीता देवकोटालगायतले बिपीको विचार अनुसरण गर्न पछि पर्दा कांग्रेसमा अहिलेको अवस्था आएको बताउनुभयो । उहाँहरूले कांग्रेस बलियो बनाउन बिपीको मार्ग दर्शलाई अङ्गिकार गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा प्रजातान्त्रिक विचार समाज चितवनका सचिव डा केशबराज चालिसेले बिपी कोइरालाको समग्र व्यक्तित्व र वामपन्थी बुद्धिजीवी रमाकान्त सापकोटाले बिपी कोइरालाको राजनीतिक व्यक्तित्वका बारेमा आफ्ना विचार राख्नुभएको थियो । कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रजातन्त्र सेनानी सङ्घले सहिद बुद्धिसिंह रानाको छोरी लक्ष्मी आलेलाई नगदसहित सम्मान गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार