मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’

Ujyalosandeshonline 11474+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको हो ।

मुख्यमन्त्री आचार्यले नववर्षलाई विगतको समीक्षा गर्ने र भविष्यको मार्गदर्शन तय गर्ने महत्वपूर्ण अवसरको रूपमा लिनु पर्ने उल्लेख गर्नुभयो । शुभकामना सन्देशमा भनिएको छ‘यो आशा, उत्साह र अपेक्षाको पर्व हो । यस अवसरमा हामीले थाँती रहेका योजना र संकल्पहरूलाई कार्यान्वयनमा ल्याई प्रदेशको समृद्धि र समुन्नतिको लागि सामूहिक प्रयास गर्नु आवश्यक छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले जनचाहनाअनुसार सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचार विरुद्ध रणनीतिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन थालेको छ । प्रदेश सरकार आफ्ना कामकाजलाई सुशासनमैत्री बनाउँदै लगेको उहाँले बताउनुभयो ।

संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनका लागि सरकारले विविध नीति तथा कार्यक्रममार्फत निरन्तर प्रयास गरिरहेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले जनताको विश्वास र भरोसाको सरकार बनाउने दिशामा प्रदेश सरकार दृढताका साथ अघि बढिरहेको उल्लेख गर्नुभयो ।

स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको विकासलाई प्रोत्साहन गर्न नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उहाँले शून्य संरचनाबाट सुरु भएको प्रदेशलाई संस्थागत गर्दै सबल, सक्षम र जनउत्तरदायी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल गरिएको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले अतीततर्फ फर्काउने प्रवृत्तिलाई निरुत्साहित गर्दै राजनीतिक स्थायित्वमार्फत समृद्धि र विकासको चाहना पूरा गर्ने संकल्प आजको प्रमुख आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।उहाँले नयाँ वर्ष २०८२ सबैमा न्याय, समानता, अवसर र गरिमामय जीवनको प्रत्याभूति दिलाउने सभ्य र समुन्नत समाज निर्माणका लागि प्रेरणा बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार