नेपाल एयरलाइन्सले भैरहवा-काठमाडौं उद्धार उडान गर्ने

Ujyalosandeshonline 11469+ समाचार ( )
२२ अशोज २०८१, मङ्गलबार

भैरहवा । नेपाल एयरलाइन्सले भैरहवा- काठमाडौं उडान गर्ने भएको छ । अविरल वर्षाका काण आएको बाढी, पहिरोले राजमार्गमा क्षति हुदाँ काठमाडौं आवगमनमा समस्या र दसैं पर्वमा आवगमन मा सहजताका लागि फुलपाती (असोज २४ गते)का दिन काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गरिने नेपाल वायुसेवा निगमले जनाएको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार १५८ सिटको निगमको ए ३२० न्यारोबडी विमानले फुलपातीका दिन बिहीबार विहान ११ बजे काठमाडौं-भैरहवा र त्यहाँबाट सोही दिन १२:३० बजे काठमाडौंका लागि उडान भर्ने तालिका छ।

उनले काठमाडौं-भैरहवा उडानका लागि प्रतिव्यक्ति ७ हजार रुपैयाँ र भैरहवा-काठमाडौं उडानका लागि ३ हजार ८९० रुपैयाँ भाडा तोकिएको बताए । यस उडानमा ३० किलोसम्म लगेज नि:शुल्क लैजान सक्ने जनाईएको छ । निगमका अनुसार दुवै तर्फको टिकट निगमको कार्यालय, वेबसाइट र आफ्नो मोबाइलबाटै अनलाइन टिकट समेत लिन सकिनेछ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार