मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

ढुक्क हुनु यो ठूला पार्टीले बुझेर बनाएको स्थिर सरकार हो : प्रधानमन्त्री

Ujyalosandeshonline 11009+ समाचार ( )
१५ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, वर्तमान सरकार कुनै पनि हालतमा असफल नहुने दाबी गरेका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिदैँ प्रधामन्त्री ओलीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै सफल भएर नै छाड्ने दाबी गरेका हुन् । 

उनले भने, ‘यस सरकारलाई असफल हुने कुनै छुट छैन् । अन्तिम हो यो भने जस्तै नै हो । अर्को के कुरामा पनि ढुक्क हुन आग्रह गर्दछु म भने असफल हुने छुट नभएको मात्र होईन् । यो असफल कुनै हालतमा पनि हुँदैन् । यो असफल हुन बनेको होईन् । त्यसैले पनि असफल हुँदैन् सफल हुन्छ । भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अड्डीदैन् भने झै हातमा हात बाँधेर बसेर चाँही केही हुँदैन ।’

प्रधानमन्त्री ओलीले, केही नेताहरुले राजनीतिक ज्योतिष पल्टेर वर्तमान सरकारको  तिथि तोक्दै हिडेको भन्दै आपत्ति जनाए । सरकार कुनै प्रकारको दाउपेचमा नभई कर्तव्य बोध गरेर ठूला पार्टीले बुझेर बनाएको भन्दै ढल्न त के ढलमल पनि नहुने उनको विश्वास छ । 

उनले भने, ‘यो सरकार कति दिनलाई हो भन्दै भ्रम छर्न सक्छन् । अस्ति एकजना नेता राजनीतिक ज्योतिष पल्टेर तिथि तोक्दै गरेको देख्या थिए । यो सरकार दुई वर्ष मेरो नेतृत्वमा र निर्वाचनसम्म शेरबहादुर जीको नेतृत्वमा चल्छ । यसमा ढुक्क भए हुन्छ । सरकार कहिँ कतै कुनै प्रकारको दाउपेचमा होइन मन्त्री बनाइहालौं भन्ने हिसाबले होइन् । कर्तव्य बोध गरेर बनेको सरकार हो । ठूला पार्टीले बुझेर बनाएको पार्टी हो । त्यसैले ढल्न त के ढलमल नि हुँदैन् । ढुक्क हुनु यो स्थिर सरकार हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार