मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

आजदेखि झापा गोल्डकपः एपीएफ र संकटा भिड्दै

Ujyalosandeshonline 11474+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

विराटनगर । झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण आज सुरु हुँदैछ ।  झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता दिउँसो सुरु हुनेछ ।

आज हुने उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र संकटा एफसीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसपटक प्रतियोगितामा ए डिभिजन क्लबसहित १० वटा टिमले सहभागिता जनाउने झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताए ।

यो वर्ष झापा गोल्डकपको उपाधि विजेता टिमले १३ लाख रुपैयाँसहित ट्रफी पाउनेछ । उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । अघिल्लो पटकभन्दा यसपालि पुरस्कार राशि बढाइएको आयोजकले जनाएको छ ।

यसअघि पाँचौँ संस्करणमा बिजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए । 

‘मस्ट भ्यालुएवल प्लेयर’ लाई मोटरसाइकल प्रदान गरिने छ भने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ जनाइएको छ । 

प्रतियोगितामा एपीएफ, र नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड एफसी, मच्छिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसी, बागमती युवा क्लब र एन्फा मकवानपुरको सहभागिता हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार