मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मकवानपुरमा चट्याङ पर्दा १ को मृत्यु, ११ घाइते

Ujyalosandeshonline 12437+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। वडाध्यक्ष युवराज थपलियाका अनुसार मानबहादुर घलानको घरमा भइरहेको अन्तिम किरिया (घेवा)का क्रममा परेको चट्याङले ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा घाइते भएकामध्ये १२ वर्षीय सुजन घलान, १२ वर्षीया वर्षा घलान, १६ वर्षीय सन्तोष घलान, ७२ वर्षीया सानुमाया घलान, ३७ वर्षीय राजकुमार घलान, ३२ वर्षीया शान्ति घलान र उनकी २ वर्षीया छोरी सारा घलान रहेका छन्। त्यस्तै ५० वर्षीय प्रमाणसिंह तितुङ, ४४ वर्षीय पानबहादुर मुक्तान, ३४ वर्षीय प्रेमबहादुर घलान र १२ वर्षीय आर्यन तितुङ पनि घाइते भएका छन्।

सबै घाइतेको मनहरी अस्पतालमा उपचार भइरहेको छ। अस्पताल प्रमुख डा. रश्मी झाका अनुसार गम्भीर अवस्था नरहेकाले सामान्य उपचारमै व्यवस्थापन गरिएको छ। घटनापछि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती अस्पताल पुगेर उद्धार र उपचार व्यवस्थामा सहयोग गरेका थिए । उनले सबै घाइतेको उपचार निःशुल्क हुने जानकारी दिँदै २ वर्षीय सारा घलानको परिवारलाई तत्कालीन सहयोगस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार