नवलपरासीमा म्याराथन हुँदै

Ujyalosandeshonline 11033+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट रामग्राम स्तुपासम्म खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ । ६२ ओैँ ईन्जिनियर दिवसको अवसरमा प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन नेपाल(पिन) जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा म्याराथन हुन लागेको हो । 

साउन ३ गते(भोलि) बिहीबार म्याराथन दौड हुने प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसनका जिल्ला अध्यक्ष ईन्जिनियर राजु ढकालले आज सुनवलमा पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो । दौड ५ किलोमिटर दुरिको हुनेछ । 

युवाहरूको स्वास्थ्य र फिटनेस प्रवर्द्धनका साथै भगवान् गौतम बुद्धको मौलिक अस्तिधातु रहेको संसारकै एकमात्र सम्पदा रामग्राम स्तुपलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो । 

बिहान सातबजे परासी बुद्धचोकबाट शुरु हुने म्याराथनमा सबै उमेर समूहका व्यक्तिहरु सहभागी हुन सक्ने एसोसिएसनका उपाध्यक्ष सुवर्ण न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा करिब सय जना धावक सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई नगद रु १० हजार,५ हजार र ३ हजार सहित शिल्ड प्रदान गरिने एसोसिएसनका सचिव शिव न्यौपानेले बताउनुभयो । धावक सबैलाई आयोजकको तर्फबाट टि-सर्टको व्यवस्था गरिएको छ । प्रतियोगितामा हरेक क्षेत्रबाट सहभागी हुन पाउने गरि खुल्ला आह्वान गरिएको एसोसिएसनका सदस्य सन्देश भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार