मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सिद्धबाबाधामलाई धार्मिक पर्यकीय क्षेत्र बनाउन बृहत गुरुयोजना आवश्यक : सभामुख

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको बिकास गर्न गुरुयोजना आवश्यक रहेको बताउनु भएको छ । 

उहाँले तिनाउ नदिमा जलासय निर्माण गरी  जलासयमा आरतिको ब्यवस्था मिलाउन सकिने  सम्भावना रहेको बताउनु भयो । “ यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिने आधार तयार भएको छ । 

“सिद्धबाबा मन्दिर बिकास समितीको आयोजनामा आज सामुहिक  चौरासी पुजा महोत्सवको शुभारम्भ गर्नु हुँदै उहाँले भन्नू भयो – सिद्धबाबा धाम क्षेत्रको बिकासले पाल्पाको मात्र होइन ।  सिङ्गो प्रदेशकै बिकासमा टेवा पुर्याउने छ ।

“उहाँले नजिकैको रामापिथेकस, तिनाउ डयाम झरना , तिनाउ नदि किनारमा टे्किङ रुट  जोडेर बृहत  गुरुयोजना बनाउन आवश्यक रहेको बताउनु भयो । समितीले मन्दिर परिसरमा शिशु स्तनपान कक्ष संचालन गरेको छ । त्यसै गरि  कालीगण्डकीबाट  ल्याइएको सालिग्राम दर्शनको लागि ब्यवस्था गरिएको समितीका अध्यक्ष सन्तोष लाल शेरचनले जानकारी दिनु भयो ।  

सन्तानेश्व धामका संरक्षक  एव धर्म गुरु किशोर गौतमले कालीगण्डकीको सालिग्राम सिद्धबाबा मन्दिर प्राण प्रतिस्ठा गर्नु भयो ।  उहाँले चिल्ड्रेन पार्क ,  सिद्ध गुफामा जाने सिढि निर्माण , भक्तजन आश्रम स्थल  आदि गुरुयोजना बनाएर काम गर्ने बताउनु भयो ।  तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा पाल्पाको हरि गुरुद्वार नै रहेको बताउनु भयो । 

समितीका सदस्य एवं  चौरासी पुजा कार्यक्रम संयोजक गोपाल बस्यालले समितिले नै खर्च गरि चौरासीपुजा गरिएको जानकारी दिनु भयो ।  आर्थिक अभावमा उमेर  पुगेका कोहि पनि चौरासी पुजा गर्नबाट बन्चित हुन नपरोस् भनेर सामुहिक चौरासी पुजालाई निरन्तरता दिने योजना रहेको धामका प्रमुख पन्डित लक्ष्मी सापकोटाले जानकारी दिनु भयो । 

यसै बिच सिद्धबाबा धामको गुरुयोजना तयार गर्नको लागि सरोकार  वाला संग छलफल गरिएको छ । भेटि दानबाट  बार्शिक १ करोड भन्दा बढी आम्दानी हुने समितीले जनाएको छ ।  इन्जिनियर बिनोद खड्काले गुरुयोजना बनाएर काम गर्दा ब्यवस्थित हुने बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार