मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

आइसीसी टी–२० विश्वकप : वार्म अप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

Ujyalosandeshonline 12437+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको आधिकारिक वार्म अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । ड्यालमा सोमबार भएको खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । जवाफमा नेपाल १९.३ ओभरमा सवै विकेट गुमाएर १२० रनमा रोकिन पुग्यो ।

लक्ष्य पछ्याउने क्रममा नेपालका सुरुआत भने खास रहेन । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले १८ रनको साझेदारी गरका थिए । पहिलो विकेटको रुपमा कुशल भुर्तेल व्यक्तिगत १० रन बनाएर आउट भए । उनले १६ बल फेस गर्दा २ चौका प्रहार गरे । त्यसपछि आशिफ र अनिल साहले पारि अघि बढाए । ९.४ ओभरमा ५७ रनको स्कोर हुँदा नेपालले आशिफलाई गुमायो । आशिफले २२ बलमा २२ रन बनाउँदा ३ चौका प्रहार गरेका थिए ।

यसैगरी लगत्तै अनिल साह पनि पभेलियन फर्किए पछि नेपाली टोली दबावमा आयो । अनिलले १६ बलमा एक छक्का र दुई चौकाको मद्दतले २२ रन बनाएर ९.३ ओभरमा पभेलियन फर्किका थिए । कप्तान रोहित पौडेल चल्न सकेनन् । उनले तीन बल फेस गर्दा एक रन बनाएर आउट भएका थिए । 

क्रिजमा रहेका कुशल मल्लले केही प्रयास गरे । उनले ३० बलमा ३७ रनको पारि खेल्दा दुई छक्का र दुई चौका प्रहार गरेका थिए । यसैगरी, सन्दी जोरा ६ रन बनाएर आउट हुँदा गुलसन झा खाता पनि खोल्न असफल भए । सोमपाल कामी ४, करण केसी र सागर ढकाल ५–५ रन बनाएर आउट भएका थिए । अभिनास बोहोरा खाता नखोल्दै आउट हुँदा नेपाल १९.३ ओभरमा अलआउट हुँदै स्कोरबोर्डमा जम्मा १२० रन बनायो ।

क्यानडाका डिलोन हेलिगरले २.३ ओभरमा २० रन खर्चिएर ४ विकेट लिएर सनसनी मच्चाए । साद विन जाफर र जेरिमी गोर्डनले दुई दुई विकेट लिँदा कलिम साना र प्रगत सिंहले एक एक विकेट लिए । पहिला ब्याटिङ गर्दा क्यानडाका लागि निकोलस किर्तनले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।  

रविन्द्रपाल सिंहले १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ४१ रन बनाए । नवनित धालीवालले २७ बलमा ३२ तथा प्रगत सिंहले १० बलमा १३ रन बनाए । नेपालका लागि अभिनास बोहराले २ तथा करण केसी, सोमपाल कामी, गुलसन झा, सागर ढकाल र ललित राजवंशीले समान १÷१ विकेट लिए ।  नेपालले दोस्रो वार्म अप खेल अमेरिकासँग मे ३० मा खेल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार