मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

Ujyalosandeshonline 11005+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पारेको हो । 

ओपनर विनोद भण्डारीको अर्धशतक सहयोगमा जनकपुरले दिएको १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । एनपिएलमा आफ्नो पहिलो अर्धशतक विनोदले ४१ बलमा पूरा गरे । पहिलो विकेटका लागि सेफ अलि जेबसँग मिलेर ५६ रनको साझेदारी गरेका थिए ।

जेब २१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । जेब किशोर महतोको बलमा जेम्स निशमद्वारा समातिए । दोस्रो विकेटका लागि ब्रेण्डन मक्मुलनसँग मिले विनोदले ५९ रनको साझेदारी गरे । मक्मुलनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । मक्मुलन ललितनारायण राजवंशीको बलमा जेम्स निशमबाट बाउन्ड्रिमा समातिए ।

दशौं ओभरको तेस्रो बलमा मक्मुलनले जीवनदान पाएका थिए । जेम्स निशमले पाएको कट एण्ड बोल्डको अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यस समय उनले ७ रन जोडेका थिए । जनकपुरका लागि किशोर महतो र ललितनारायण राजवंशीले समान १ विकेट लिए ।

तेस्रो विकेटका लागि भण्डारी र कप्तान दीपेन्द्र सिंह ऐरीले नट आउट २६ रनको साझेदारी गरे । कप्तान दीपेनद्रले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो ।

जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्धशतकबाट ५ रनले चुक्दै निशम स्कट कुग्गेलेइनको बलमा बोल्ड हुन पुगे । शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए । शुभ हर्ष ठाकरसँग रन लिनेक्रममा तालमेल नमिल्दा आउट हुन पुगे ।

कप्तान अनिल शाहको अनुपस्थितीमा ओपन गर्न आएका लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए । तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए ।

नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए । कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए ।

हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अलि जेबको बलमा आउट भए । अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए । मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए । लिग चरणको खेलमा समेत सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । विजेता सुदूरपश्चिमले पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान बनाएको छ । पराजित टोलीले जनकपुरले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ । बिहीबार हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र जनकपुरले खेल्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार