मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जहाजको आपतकालिन ढोका खोल्दा उडान सुरक्षामा चुनौति देखियो : बुद्ध एयर

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ अशोज २०८१, बिहीबार

काठमाडौं । वडादशैंमा यात्रुहरुको चाप बढिरहेका बेला विगत केही दिनदेखि यात्रुले हवाइजहाजका इमरजेन्सी डोअर (आपतकालिन ढोका) खोलेका घटना सार्बजनिक भएका छन् । वुद्ध एयरमा यात्रा गरिरहेका केही यात्रुले आपतकालिन ढोका खोलेपछि एयरलाइन्सले आपत्ति प्रकट गरेको छ । बुद्ध एयरका अनुसार अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौं आउँदै गर्दा एक यात्रुले आपतकालिन ढोका खोलेका थिए ।

त्यस्तै अक्टुबर ७ का दिन नेपालगञ्जबाट काठमाडौं र विहीबार फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले बताए । उडान प्रक्रियालाई नै अवरुद्ध पर्नेगरी ढोका खोलेपछि उडान तालिकालाई थप प्रभावित बनाएको उनको भनाइ छ । मैदानमै रहेको जहाजको ढोका यसरी खोलेको दश दिनको दौरानमा तेस्रो घटना भएको उनले जानकारी दिए ।

विहीबार बिहान जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । तर आपतकालिन अवस्थाबाहेक ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्याउने संभावना रहेको  प्रवक्ता कर्णको भनाइ छ ।

विहीबार विहान भने विराटानगर विमानस्थलमा यात्रुले आपतकालिन ढोला खोलेको उनले बताए । उक्त जहाज हाल टेक्निकल टीमले चेकजाँच गरिरहेको छ । यात्रुहरुले भने बुद्ध एयरको जहाजमा समस्या आउने गरेको बताएका छन् । 

बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको उनले बताए । हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजायँ हुने प्रावधान रहेको प्रवक्ता कर्णले जानकारी दिए ।

उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् । हाल घटेका तीनवटा घटनामा संलग्न यात्रुहरु सामान्य अवस्थाका रहेको बुद्ध एयरले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार