मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘अघि बढेका परियोजना नेपाल–चीनबिच मित्रताको प्रमाण हुन्’

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ माघ २०८०, शनिबार

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन नेपाल र चीनबिचको दिगो मित्रताको प्रमाण भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन कार्यक्रममा बोल्दै उनले दिगो विकासलाई प्रवर्द्धन गर्न र साझा चुनौतिहरूलाई सम्बोधन अघि बढाइएका परियोजनाहरुलाई प्रयोग गर्न सकिने बताए । उनले सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन नेपाल र चीनबिचको दिगो मित्रताको प्रमाण भएको बताएका हुन् । 

उनले भने,‘मिलेर काम गर्नसके दिगो विकासलाई प्रवर्द्धन गर्न, साझा चुनौतिहरूलाई सम्बोधन गर्न र भविष्य सिर्जना गर्न डीआरआईको पूर्ण क्षमता प्रयोग गर्न सक्छौं । सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलनले आशा र सहयोगको ज्योति प्रतिनिधित्व गर्दछ । यो नेपाल र चीनबिचको दिगो मित्रताको प्रमाण हो ।’

उनले सरकार बीआरआई परियोजनाको कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने प्रक्रियामा रहेको जानकारी दिए । चीनसँग बीआरआई एमओयूमा हस्ताक्षर गरिसकेको भन्दै कार्यान्वयनको योजनामा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् । 

‘चीनको बेल्ट एण्ड रोड पहल दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिन परिवर्तनकारी शक्तिको रूपमा उभिएको छ । हामीले चीनसँग बीआरआई एमओयूमा हस्ताक्षर गरिसकेका छौं,’उनले भने,‘हामी बीआरआई परियोजनाको कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने प्रक्रियामा छौं । हामी आशा गर्छौं कि यो छिट्टै हुनेछ र पछि हामी विशेष परियोजनाहरूमा जानेछौं ।’

गृहमन्त्री श्रेष्ठले नेपाल र चीनबिच विद्यार्थीहरूको आवतजावतलाई सहजीकरण गर्नसके व्यक्तिगत विद्यार्थीको शैक्षिक यात्रालाई मात्र समृद्ध नबनाई विश्वव्यापी मानसिकताको विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे । नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा गहिरो जरा गाडिएको उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै