मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आइसीसी टी–२० विश्वकप : वेस्टइन्डिजको विजयी सुरुवात, पीएनजी ५ विकेटले पराजित

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा सह आयोजक वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ । समूह ‘सी’मा रहेको वेस्टइन्डिजले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले पराजित गरेको हो । 

गुएनामा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै खेल जित्न सफल भयो । वेस्ट इन्डिजका रोस्टन चेस खेलको प्लेयर अफ द म्याच चुनिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको सुरुवात खराब रह्यो र टोलीले ५० रन मात्र नपुग्दासम्म आफ्ना ४ प्रमुख ब्याट्सम्यानको विकेट गुमाएको थियो । टोनी उरा (२) र लेगा सियाका (१) सस्तोमा आउट भए । सोही क्रममा कप्तान असद भालाले २२ बलमा २१ रनको स्लो इनिङ खेले । टोलीले नवौं ओभरमा हिरी हिरी (२) को रूपमै चौथो विकेट गुमाएको थियो । त्यहाँबाट सेसे बाउले जिम्मेवारी लिए र चार्ल्स अमिनीसँग मिलेर स्कोर १०० को नजिक पुर्याए । यी दुईबीच पाँचौं विकेटका लागि ४४ रनको साझेदारी भयो ।

अमिनीले १४ बलमा १२ रन बनाए र १५ औं ओभरमा ९४ रनको स्कोरमा आन्द्रे रसेलको टी–२० अन्तर्राष्ट्रिय करियरको ५० औं शिकार बने । यससँगै बाउले आफ्नो अर्धशतक पूरा गरे । उनले ४३ बलमा छ चौका र एक छक्काको मद्दतमा ५० रनको इनिङ खेले । बाउ टिमको स्कोर ९८ रनमा आउट भएपछि तल्लो क्रमका किप्लिन डोरिगाले १८ बलमा अविजित २७ रन बनाएका कारण टोली १३६ रन बनाउन सफल भयो । वेस्ट इन्डिजका आन्द्रे रसेल र अल्जारी जोसेफले २–२ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले दोस्रो ओभरमा ओपनर जोन्सन चार्ल्स (०) को विकेट गुमाएको थियो । निकोलस पूरन पनि सोही ओभरमा आउट हुन सक्थे । पीएनजीले एलबीडब्ल्यू आउटको अपिल गरे पनि डीआरएस लिएन र जोगिए ।

ब्रेन्डन किङले ३४ रन बनाउँदा पुरनले पनि केही राम्रा सट खेले तर ६१ रनको स्कोरमा २७ रन बनाएर आउट भए । त्यहाँबाट विकेट पतन सुरु भयो र केही समयमै स्कोर ९७÷५ बनेपछि वेस्टइन्डिज दबाबमा आयो ।

तर, रोस्टन चेसले आन्द्रे रसेलसँग १८ बलमा ४० रनको अविजित साझेदारी गरे र एक ओभर बाँकी राखेर आफ्नो टोलीलाई जित दिलाए । चेसले २७ बलमा ४२ रनको अविजित इनिङ खेले । योसँगै रसेलले ९ बलमा अविजित १५ रन बनाए । पपुवा न्युगिनीका असद भालाले सर्वाधिक २ विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार