मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

फरार आठ जना कैदी पर्सामा पक्राउ

Ujyalosandeshonline 11467+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

वीरगन्ज । जेलबाट फरार भएका आठ जना कैदीबन्दीलाई प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको छ । युवा पुस्ताको आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट फरार भएकामध्ये आठ जना कैदीलाई पर्सा प्रहरीले सिमाक्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका दुई जना, काठमाडौंको नखु कारागारबाट दुई जना, केन्द्रीय कारागारबाट दुई जनालगायत अन्य कारागारबाट फरार भएका आठ जना कैदीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले जानकारी दिए । उनका अनुसार खुला सीमाको फाइदा उठाउँदै भारततर्फ भाग्ने क्रममा उनीहरूलाई सिमाक्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका कैदीहरू हत्या लगायतका जघन्य अपराधमा अदालतले दोषी ठहर गरेका अपराधी भएको एसपी मिश्राले जानकारी दिए । पक्राउ परेकामध्ये एक जना बंगलादेशी र सातजना भारतीय नागरिक रहेको पनि उनले बताए ।

त्यसैगरी वीरगन्जको विर्तास्थित बाल सुधार गृहबाट फरार भएका १४६ जनामध्ये ८० जनालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइसकिएको र बाँकीको खोजी कार्य जारी रहेको एसपी मिश्राले जानकारी दिए । पक्राउ गरिएका फरार कैदीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने बाल सुधार गृहबाट भागेका कैदीलाई पुनः सुधार गृहमा पठाइएको छ ।

युवा पुस्ताको आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट कुल १४ हजार ५०७ जना कैदी फरार भएका थिए । तीमध्ये हालसम्म १ हजार ४५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अझै १२ हजार ८५२ जना फरार रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार