मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

रेसुंगा नगरपालिकाको पुँजीगत खर्च एक अर्ब ९ करोड बढी

मनु सुनार 39+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा गरेको पुँजीगत खर्च सार्वजनिक गरेको छ । नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख खिलध्वज पन्थीले आर्थिक वर्ष २०८०/०८१ मा भएको पुँजीगत विकास बजेटको खर्च विवरण सार्वजनिक गर्नुभएको हो । त्यस आर्थिक वर्षमा रेसुंगा नगरपालिकाले रु.१ अर्ब ९ करोड ४६ लाख ७५ हजार विकास बजेट खर्च गर्न सफल भएको बताउनुभयो ।

निर्वाचनमा गरेका प्रतिवद्धताहरु एकपछि अर्को गर्दै पुरा गर्ने चरणमा रहेको भन्दै उहाँले गुल्मीको समुन्नतिको आधारकका रुपमा रहेको गुल्मीलाई तराईसँग जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको सालझण्डी-पटौती-दुर्गाफाँट-खज्र्याङ-तम्घास सडकखण्ड निर्माणका लागि बजेट सुनिश्चित गरिएको बताउनुभयो ।  

उद्घाटन गर्न बाँकी रहेपनि नगरपालिकाकै पहलमा उनायचौर शब स्टेशन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको बताउँदै नगरप्रमुख पन्थीले गुल्मीको उर्जाको क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो । साथै उहाँले मझेङ खानेपानी आयोजनालाई यस वर्षको दशै अगावै सम्पूणर् दबाब सिर्जना गरेर भए पनि सञ्चालनमा ल्याउने दाबी गर्नुभयो ।

नगरपालिकाले प्राथमिकताका साथ सञ्चालन गरेका आयोजना पुरा हुँदा नगरपालिका समुन्नतिको सूचाङ्कमा थप माथि जाने बताउनुभयो । त्यस क्रममा नगरप्रमुख पन्थीले संघीयताको मर्मअनुसार स्थानीय तहमा बजेट नआएको बताउनुभयो ।  

नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका नगर प्रमुख पन्थीले प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोगमा आफूले दुई आर्थिक वर्षमा ४२ किलोमिटर सडक कालोपत्रे गर्न सकेको पत्रकार भेटघाटमा जानकारी गराउनुभयो ।

त्यस क्रममा पत्रकारहरुले बजार क्षेत्र तथा निर्माण क्षेत्रमा गरिने अनुगमनलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजान सुझाव समेत दिएका थिए । पत्रकार सम्मेलनमा उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार