सांसद विश्वकर्माद्वारा तिलोत्तमाका विकास योजनाको अनुगमन, समयमै सम्पन्न गर्न निर्देशन

Ujyalosandeshonline 11469+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

तिलोत्तमा । प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले तिलोत्तमा नगरपालिकाका विभिन्न सडक तथा सामुदायिक विद्यालयहरुको स्थलगत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले सम्बन्धित निकायलाई सबै योजनाहरु समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ।

आइतबार भएको अनुगमनमा सांसद विश्वकर्मा, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी, नेकपा एमाले रुपन्देहीका अध्यक्ष, नगर अध्यक्ष, वडा अध्यक्ष तथा शहरी विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर राजु न्यौपानेसहितको टोलीले तिलोत्तमा-१३ को सिमानादेखि कोटिहवा पूर्वसम्मको जीर्ण सडकको निरीक्षण गरेको हो ।

यस सडकका लागि चालु आर्थिक वर्षमा ३ करोड रकम विनियोजन भएको छ । अवलोकनका क्रममा नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहनुभएका विश्वकर्माले संघीय तहबाट गर्नुपर्ने प्रक्रियामा सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

विद्यालय र कभर्डहलको पनि अनुगमन

यसैबीच, विश्वकर्मा तिलोत्तमा-१६, कोटिहवामा रहेको पशुपति कलेजमा आयोजित 'संघीय योजना कार्यान्वयन सहजीकरण बैठक'मा सहभागी हुनुभयो । बैठकमा उहाँले विद्यालयमा परेका योजनाका अड्चनहरु हटाउन पहल गर्ने बताउनुभयो ।

साथै, विश्वकर्माले लिस्नु युवा क्लबको निर्माणाधीन कभर्डहलको पनि अवलोकन गर्नुभएको छ । बजेट विनियोजन भएतापनि कानुनी समस्याका कारण निर्माण कार्य रोकिएको उक्त कभर्डहलको आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले योजनाहरुको गुणस्तर र समयमै सम्पन्न भए/नभएको निरन्तर निगरानी गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले तिलोत्तमामा परेका सबै योजना कार्यान्वयन गर्न नगरपालिकाको पूर्ण साथ रहनेमा जोड दिनुभयो ।

सांसद विश्वकर्मासहितको टोलीले आइतबार नै कोटिहवामा जारी महायज्ञ तथा तिलोत्तमा वडा नं. ९ मा रहेको विश्व शान्ति आधारभूत विद्यालयको पनि अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार