मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |

प्रेस चौतारी रुपन्देहीको आठौं जिल्ला अधिवेशन माघ २४ गते

Ujyalosandeshonline 11084+ समाचार ( )
२७ पौष २०८१, शनिबार

भैरहवा । प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन आगामी माघ २४ गते हुने भएको छ । शनिबार सम्पन्न चौतारी रुपन्देहीको जिल्ला सचिवालय बैठकले २०८१ माघ २४ गते बुटवलमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

बैठकले प्रेस चौतारीको स्थापना दिवसको अवसरमा आगामी माघ २२ गते बुटवलमा रक्तदान कार्यक्रम आयोजना गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलका अनुसार जिल्ला अधिवेशनका दिन प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार वितरण गरिनेछ । जसका लागि प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य शेर बहादुर के.सी.को संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा चौतारीका पूर्व केन्द्रीय सचिव भरत के.सी. र पूर्व केन्द्रीय सदस्य कुलमणि ज्ञवाली रहेका छन् । बैठकमा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदीप आचार्यले जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न तयारी तीव्रताका साथ अगाडि बढाउन आग्रह गरे ।

बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमृत गिरी, नेकपा (एमाले) प्रचार विभागका पूर्व सचिव नरेश के.सी., प्रेस चौतारी रुपन्देही जिल्ला उपाध्यक्ष भगवती पाण्डे, जिल्ला सचिवालय सदस्य डि.बी सुस्लिङ, अस्मिना पाण्डे लगायतले भनाइ राखेका थिए । प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता तथा सह–सचिव रबिन्द्र प्रताप गुप्ताको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।

त्यस्तै जिल्ला अधिवेशनको अवसरमा प्रकाशन गरिने स्मारिकाका लागि चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमृत गिरीको संयोजकत्वमा गठित स्मारिका प्रकाशन उपसमितिले तयारी गरिरहेको जिल्ला कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार