मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सामुहिक खेलकुद महोत्सवमा १२०० बिद्यार्थी भाग लिदै

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ माघ २०८०, बुधवार

भैरहवा । “उत्कृष्टतालाई अंगाली महानतालाई मूर्त रुप दिनका लागि खेलकुद” भन्ने मूल नारा सहित भैरहवामा २० औं सामुहिक खेलकुद महोत्सव बिहिबार देखी सुरु हुदै छ । भैरहवा र यस आसपास रहेका १९ वटा बिद्यालयहरु सदस्य रहेको यस प्रतियोगितामा १ हजार २ सय बढी बिद्यार्थीहरुले भाग लिदै छन् । 

विद्यार्थीहरुको बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलाप गराउनु महोत्सवको लक्ष्य रहेको सामुहिक बिद्यालय परिवारका युवराज पोखरेलले बताए । “पढाई बाहेक बिद्यार्थीहरुमा रहेको अन्य अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउन हामी प्रयासरत् रहन्छौं ।” पोखरेलले भने “यसको लागि संस्थाले स्थापना देखि विद्यार्थीहरु बीच हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन तथा वाचन, कविता लेखन तथा वाचन, स्मरण खेल, चित्रकला, क्रिकेट, भलिबलहरु जस्ता प्रतियोगिताहरु समेत सञ्चालन गर्दै आएको छ ।”

माघ २५ देखि २७ गते सम्म भैरहवामा ३ दिन सञ्चालन हुने प्रतियोगितामा सव जुनियर, जुनियर तहमा छात्र÷छात्रालाई दौड, रिले दौड, बोरा दौड, स्किपिङ दौड, शट–पुट, भलिबल लगायत फरक फरक खेलहरु खेलाइने कार्यक्रम संयोजक बसन्त पाण्डेले जानकारी दिए । 

भैरहवा क्षेत्रमा रहेका नीजि विद्यालयहरुको यस संस्थाले स्थापना देखि वार्षिक रुपमा खेलकुद महोत्सव गर्दै आएको र यस पटक संस्थाले २० आंै संस्करणको आयोजना गरेको उनले बताए । बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको साथै नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम गर्न पनि प्रतियोगिता सहयोग गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार