मुख्य समाचार
रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा |

‘गैरआवासीय नेपालीलाई नागरिकता दिन थालेपछि देश आर्थिक संकटतर्फ’

Ujyalosandeshonline 12439+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपालीलाई नागरिकता दिएपछि मुलुकमा कति रेमिट्यान्स भित्रियो भन्दै प्रश्न गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद समेत रहेका अध्यक्ष साहले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपश्चात बाहिरिएको र भित्रिएको पुँजीको विवरण माग गरेका हुन् । 

उनले भने, ‘आज देशमा उद्योगधन्दाहरु बन्द भैइरहेका छन् । व्यापार भएको छैन्, तर मुठिभर मानिसहरु मालामाल छन् । खुलेआम देशको पैसा लुटेर विदेश पठाई रहेका छन् । विदेशी नागरिकता लिएका नागरिकहरु नेपालको सम्पत्ती खुलेआम लागि रहेका छन् जसको कारण देश आर्थिक संकटमा पर्दै गएको छ । यसलाई स्विकार गर्ने कि नगर्ने भन्ने प्रश्न छ ।’

सांसद साहले केही नेताहरुले माथिल्लो तहमा बसेर देशलाई बरबाद बनाउन खोजिरहेको बताए । देश आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ लागेको उनको आरेप छ । 

उनले भने, ‘देशलाई आर्थिक संकटबाट बचाउने हो भने यस्ता भगौडाहरु जो माथिल्लो तहमा बस्ने र देशलाई लुटेर अवैद्ध ढङ्गले जसरी लगिरहेका छन् यसलाई प्राथमिकतामा राख्न सकिएन भने देशलाई आर्थिक संकटबाट बचाउन सकिदैँन् । हामीले देशलाई आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ हामी गईरहेका छौ ।’ जनता भ्रष्टाचारबाट दिक्क भइसक्दा पनि सरकारले भ्रष्टाचार रोक्नको लागि कुनै पनि काम नगरेको उनको भनाइ छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार