मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बाँझो जग्गामा कटहरबाट राम्रो आम्दानी

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

रामेछाप । खेती नलगाउँदा नेपालका धेरै जग्गा बाझिँदै छन् । गाउँमा उब्जनी हुने जग्गा छाडेर युवाहरू बिदेसिँदै छन् । गाउँमा कमाइ भएन भनेर कमाइ गर्न सहर पस्दै छन् । तर गाउँका बाँझो जग्गामा फलफूल खेती गर्ने हो भने पनि राम्रो कमाइको सम्भावना छ । 

खाँडादेवी गाउँपालिकाको तल्लो भेगमा रुख कटहर खेतीको राम्रो सम्भावना देखिएको छ । सो गाउँपालिका गागल, पिङखुरी, पकरबास, माकादुम, भिरपानी, मझुवालगायतका तल्लो भेगमा कटहर राम्रो हुने गरेको छ । 

एउटा वयस्क बोटमा सयौँ कटहर फल्ने भएकाले यसबाट स्थानीयले राम्रो आम्दानी गर्नसक्ने देखिएको छ । कलिलोमा तरकारी र पाकेपछि भित्रको कोया खान मिल्ने कटहरलाई बहुउपयोगी फलको रूपमा लिइन्छ । 

बारीका काल्ना तथा खाली जग्गामा कटहर लगाउने हो भने किसानले राम्रो आम्दानी गर्न सक्ने देखिएको छ । एक पटक लगाएपछि वर्षै आम्दानी दिने कटहर खेतीको लागि धेरै मेहनत पनि गर्नु नपर्ने किसानहरू बताउँछन् । ‘रुख हुर्किएपछि जग्गाको खन–जोत र सामान्य मल हालिदिने बाहेक अरू केही गर्नुपर्दैन’, स्थानीय किसान भन्छन् । 

यसैलाई ध्यानमा राखी खाँडादेवी गाउँपालिका र सो गाउँपालिकाका विभिन्न वडाले कटहर लगाउन चाहने किसानलाई कटहरका बिरुवा वितरण गरिरहेका छन् । फलफूल खेतीलाई व्यावसायिकीकरण गर्न स्थानीय तहका वडासम्मले प्रयास गरिरहेका छन् । 

बाँझो जग्गामा बिरुवा लगाएर स्थानीयले आम्दानी गर्न सकुन् भनेर फलफूलका रुख रोप्ने अभियान नै गाउँपालिकाले चलाएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । ‘व्यावसायिक रूपमा गर्ने हो भने जेमा पनि पैसा छ, तर दुःख भने गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार