मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

इटहरीमा भूतपूर्व सैनिक सम्मेलन सुरू

Ujyalosandeshonline 11005+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

इटहरी । इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन २०८० बिहीबार सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सम्मेलन उद्घाटन गर्दै  भूतपूर्व सैनिकहरू नेपाली सेनाको प्रतिनिधि पात्र भएको बताए । 

सेवानिवृत्त भएपछि एक अनुशासित जीवन व्यतीत गर्दै सेनाले गरेका उल्लेखनीय कार्यहरूबारे भूपूसैनिकले समाजलाई सुसूचित गराउनुका साथै जनता र सेना बीचको पुलको रूपमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भनाइ राखे । 

सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई अनुसरण गर्दै सैनिक सेवाको दौरान आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाइ आवश्यक परेको समयमा समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न उनले सुझाव दिए ।

कल्याणकारी कोषको रकमबाट बहालवाला तथा अवकाशप्राप्तहरूको वृहत्तर हितका लागि नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने कार्य भइरहेको उनले बताए । 

सम्मेलनमा सुनसरीका ९३ वर्षीय अमल्दार गंगाबहादुर कटवाल (अ.प्रा.) र मोरङका स्वर्गीय अमल्दार डिल्लीबहादुर खत्रीकी ९० वर्षीया श्रीमती भीमकुमारी लुइँटेल खत्रीलाई सम्मान गरिएको छ । 

यस्तै, सर्वोत्कृष्ट लघु उद्यमी÷व्यवसायीहरू झापाका प्यूठ प्रमेस सिगुकी श्रीमती मनिता आङदेम्बे लिम्बू र सुनसरीका अवकाशप्राप्त हुद्दा भैरव विकलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । 

सम्मेलनमा एकै परिवारका चार वा बढी सदस्य नेपाली सेनामा रहेका सात जना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा असक्त पाँच जनालाई ह्वीलचियर तथा आर्थिक सहयोग वितरण गरिएको थियो । 

सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत पाँच जना उद्यमीलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।

सम्मेलनको दोस्रो चरणमा फाल्गुण ११ गते मध्यपृतना अन्तर्गत भरतपुर (चितवन) र त्रिशूली (नुवाकोट) मा आयोजना हुने कार्यक्रम छ । तेस्रो तथा अन्तिम चरणमा चैत ४ गते उपत्यका पृतनाअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानहरूमा हुने तालिका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार