मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

राजनीतिक निकास दिन नयाँ सहमति आवश्यक : अध्यक्ष लिङ्देन

Ujyalosandeshonline 11474+ समाचार ( )
१ मंगशिर २०८२, सोमबार

लेखनाथ (कास्की) । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक निकास दिन राजनीतिक दल र जेनजी समूहबीच सर्वपक्षीय सम्मेलनमार्फत नयाँ सहमति गरी अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।     

राप्रपा पोखरा महानगर समितिको नगर अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशलाई राजनीतिक निकास दिन प्रधानमन्त्रीले सर्वपक्षीय सहमतिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङले राप्रपाले उठाउँदै आएको सुशासनलगायतका मुद्दा जेनजीले उठाएर अगाडि बढेकाले राप्रपाले जेनजीलाई समेटेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । पार्टीका महामन्त्री धवलशमसेर राणाले वर्तमान संविधानले जेनजीका माग सम्बोधन गर्न नसक्ने भनाइ राख्दै ठूला दलहरुबाट आजित भएका नेपाली जनताले परिवर्तन खोजिरहेकाले त्यसकै फलस्वरुप अहिलेको अवस्था आएको बताउनुभयो । पोखरा नगर अधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार